arrow

१५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी

समर्थन पत्रमा ओली, ठाकुर र महतोको हस्ताक्षर !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
kp-oli111-1619858602.jpg

काठमाडौं । विपक्षी गठबन्धनबाट सरकारमाथि दाबी गर्न १४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ जना सांसदको समर्थनसहित सरकारको दावी गरेका छन् । 

प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।
१५३ जना सांसदको समर्थनसहितको पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता ओलीले हस्ताक्षर गरेको पनि रिमालले जानकारी दिएका छन् ।

संविधानको धारा ७६(५)अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्णप्रसाद सिटौलासहितका नेता शीतल निवासमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ