arrow

शुक्रबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
cabinet-KP.jpg

काठमाडौं । विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न भन्दै डाकिएको आकस्मिक मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ ७ बजे मन्त्रीहरुलाई बैठकमा आउन भनी ओलीले एसएमएस पठाउन लगाएका थिए ।

स्वास्थ्य संकटकाल र पछिल्लो राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न भन्दै प्रधानमन्त्री ओलीले आकस्मिक बैठक डाक्नुपर्ने भनेका थिए । तर केही समय पछि नै स्थगित भएको जानकारी गराउन लगाउँदै जुनसुकै बेला बैठक बस्न सक्ने भएकाले तयारी अवस्थामा रहन भनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ