arrow

खार्पुनाथमा ४ संक्रमित पुष्टि भएसँगै सङ्ख्या १ सय १ पुग्यो 

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ ९ आइतबार
khurpanath.JPG

हुम्ला।  गाउँपालिका स्तरमा परीक्षणको दायरा बढेसँगै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । सदरमुकाम सिमकोट देखि  दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संक्रमितको सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो परीक्षण अनुसार खार्पुनाथ गाउँपालिकामा चार जना नयाँ संक्रमित थपिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले बताए । शनिवार गरिएको परीक्षणमा खार्पुनाथ १ गोप्का गाउँका एक जना ७० वर्षको महिलामा कोरोना संक्रमण पुष्टि भए पछि कनट्याक्ट ट्रेसिङका आधारमा संक्रमित महिलाको घरका थप ६ जनालाई परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएपछि अहिले सम्म ग्रिन जोनका रूपमा रहेको खार्पुनाथ गाउँपालिकामा पनि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 जिल्ला बाहिरबाट आएका ४ जनालाई वैशाख २० गते सिमकोट विमानस्थलमा गरिएको परीक्षणमा पोजेटिभ भएकाले सिमकोटको आइसलेसनबाटै कोरोना जितेर घर गइसकेका छन् । अब खार्पुनाथमा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएका संयोजक शाहीले बताए ।

अहिले सम्म जिल्लाका कुल संक्रमितमध्ये सिमकोट गाउँपालिकामा संक्रमितको सङ्ख्या २१, सर्केगार्ड गाउँपालिकामा १४, चंखेली गाउँपालिकामा २५, अदानचुली गाउँपालिकामा ८ र ताँजाकोट गाउँपालिकामा २९ रु खार्पुनाथमा ४ जना गरी जिल्लामा १ सय १ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म सिमकोटको आइसलेसनबाट १४ र ताजा कोट गाउँपालिकाको आइसलेसनबाट १० जना गरी २४ जना निको भएर घर फिर्ता भइसकेका छन् । भने एक जनालाई श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । 

अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमिकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ७६ जना सक्रिय संक्रमित रहेका र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कोभिड फोकल पर्सन भक्ति फडेराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ