arrow

लोकतान्त्रिक शक्तिहरु ‘प्रचण्डपथ’को पछि दौडिरहेका छन् : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
kp-oli999.jpg

काठमाडौं । प्रधानमन्त्री एवम एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही लोकतान्त्रिक शक्तिहरु ‘प्रचण्डपथ’को अंगिकार गर्न अग्रसर भएको बताएका छन् ।

ओलीले नेपाली कांग्रेसतर्फ इङ्गित गर्दै  कांग्रेस प्रचण्डलाई गुरु थापेर उत्तेजना र आवेशमा अगाडी बढेको आरोप लगाए । 

आइतबार बालुवाटारमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री बन्ने नाममा किर्ते सही गराउने खालको आवेश र उत्तेजनाको राजनीति गरेको पनि आरोप लगाए ।

‘प्रधानमन्त्री बन्ने नाममा किर्ते सही गराउने खालको आवेश र उत्तेजनाको राजनीति नगरौ भन्दै ओलीले भने,‘कांग्रेस सचेतक पुष्पा भुसालले भनेको सुनें, ओलीले गराएको चुनावमा भाग लिन्नौं ।’ यो कुन डेमोक्रेसीको कुरा पर्छ यो ?’ ओलीको प्रश्न थियो ।

अर्को प्रसंगमा ओलीले अहिले देशमा देखिएको कोरोना संक्रमणको ग्राफ केही दिनमा नै ओरालो लाग्ने दावी गरे । अहिले संक्रमण बढ्ने दरको ग्राफ लगतार बढ्नेबाट तेर्सोतिर लागेकाले केही दिनमा ओरालो लाग्ने दावी उनको दाबी थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ