arrow

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मनकारी 'अमर' स्वास्थ्य सामाग्री बाँड्दै 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ जेठ ९ आइतबार
amar.jpg

कञ्चनपुर । विपतका बेला मानवीय सेवामा अग्रसर रहँदै आएका जुम्ला पाताराशीका युवा प्रतीक विष्ट 'अमर'ले महामारीका समयमा अग्र मोर्चामा रहने सुरक्षाकर्मी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउने अभियान कञ्चनपुरमा सुरु गरेका छन् । 

उनले कञ्चनपुरको पुनर्वास स्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बिओपी त्रिभुवनबस्तीलाई पल्स अक्सीमिटर, सर्किजल ग्लोभ्स, सर्किजल मास्क, डिजिटल थर्मामिटर, के ९५ मास्क, पि पि सेट, सेनिटाईजर, भिटामिन सी, सिटामोल एन्टीकोल्ड ट्याब्लेट साहायता स्वरूप उपलब्ध गराएका हुन । 

हाल आफू अमेरिका रहे पनि महामारी सँग लड्दै गरेका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीहरूका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । 

गत वर्षको लकडाउनका बेला नेपालका विपन्न समुदायलाई खाद्यान्न साहायताको अभियान थालेका 'अमर' ले कञ्चनपुरको दक्षिणी क्षेत्रका ४ वटा स्थानीय तहलाई समेत स्वास्थ्य सामाग्री वितरण गरेका थिए । 

यस वर्ष पुनर्वास स्थित  विजय गालिल एजि मण्डलको समन्वय र नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका जिल्ला सदस्य किशोर कुमार तामाङको सक्रियतामा अमरले उक्त साहायता सामाग्री उपलब्ध गराएका हुन । 

आपत् र बिपतमा पर्दै आएका अशायहरुको उद्धार र साहायता गर्दै आएका जुम्ली ठिटो अमर आफू विशेष कामवश अमेरिका रहे पनि नेपाल र जन्म भूमिमै आफ्नो मन रहिरहेको बताउँछन् । 

बिपतका बेला जोखिममा परेका समुदाय वा व्यक्तिलाई साहायता गर्न पाउनु नै मानवीय सेवा भएकाले आफू जहाँ सुकै भए पनि सक्दो साहायता गर्न पछि नहट्ने मनकारी जुम्ली ठिटो प्रतीक 'अमर' ले बताए । 

बिपतका बेला सामान्य साहायता समेत नपाइ आफू असुरक्षित रहेर पनि कोभिड १९ को कहरसँग लड्न बाध्य रहँदै आएका दक्षिणी क्षेत्रका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीहरूका निम्ति प्रतीक विष्ट 'अमर' द्वारा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री वितरणको अभियान सुरु गरिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका सदस्य किशोरकुमार तामाङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ