arrow

पोखरामा कक्षा ८ को वार्षिक परीक्षा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
pokhara-1.jpg

पोखरा। पोखरामा कक्षा ८ को वार्षिक परीक्षा नहुने भएको छ। कोरोना सङ्क्रमण बढ्दै गएकाले परीक्षा लिन सम्भव नभएको भन्दै परीक्षा लिनबाट रोक लगाइएको हो। पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले एक सूचना प्रकाशित गरी परीक्षा दिनबाट रोक लगाइएको जनाएको हो।

शिक्षा महाशाखाले विद्यालयले यसअघि सञ्चालन गरेका परीक्षाबाट ५० प्रतिशत र कक्षा कार्य, गृहकार्य, विद्यार्थीको हाजिरी लगायतका विषयलाई आधार मानेर ५० प्रतिशत थपेर परीक्षको नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। यी सबै नतिजालाई विद्यालयका प्रधानाध्यापकले प्रमाणित गर्नुपर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ