arrow

भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा भीम रावलको पुत्ला दहन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
birjung-againt-bhim-rawal-protest.jpg

वीरगन्ज। भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा वीरगन्जमा नेकपा एमालेका नेता भीम रावलको पुतला दहन गरिएको छ। युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रावलको पुत्ला दहन गरिएको हो। दासले रावलमाथि भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाएका छन्।

दासले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको बाबजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौँ-लाख युवा युवतीहरूलाई विभिन्न बहाना र जालझेलको आडमा अनागरिक बनाइ राख्ने षडयन्त्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरू मधेस विरोधी हुन्।’

वीरगन्जका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरूले कोरोनाको कहरलाई मध्यनजर गर्दै साङ्केतिक रूपमा अध्यादेशको विरोध गर्ने, मदेसलाई बदनाम गराउने सन्की, अराजक, नस्लवादी मानसिकतामा लिप्त भीम रावलको पुतला दहन गरी विरोध जनाएको दासले बताए।

नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढङ्गबाट विवादित एवं बदनाम गराउन तराई-मदेसमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अनर्गल दुष्प्रचारको हरकत राष्ट्रवाद हो कि देश र जतनप्रतिको घात सबैले समयमै बुझ्न जरुरी रहेको दासको भनाइ छ।

लाखौँ नागरिक राज्य विहीनता महसुस गरिरहेको अवस्थामा सरकारले नागरिकतासम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे झुट एवं भ्रमपूर्ण कुरा गरेर भीम रावलले साम्प्रदायिकता भड्काउन खोजेपछि वीरगन्जका युवाहरू पुत्ला दहन गरेको दासले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ