arrow

हिल्साको किट जाने सडक बनेसँगै हट्यो भिरको बाटोमा हात खुट्टा टेकेर हिँड्नुपर्ने बाध्यता

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ १२ बुधबार
hilsa-road.jpg

हुम्ला ।  चीनको सीमावर्ती क्षेत्र हिल्साको किट सम्म सडक निर्माण हुँदा आवतजावतमा सहज भएको छ ।  सडक नृमानसँगै हिल्सा देखि ६ (१), ५ (१) र ५ (२) नम्बर सीमा स्तम्भ रहेको किटमा जान पुरानो गोरेटो बाटो पहिरोमा पुरिएपछि बाटो नहुँदा स्थानीयवासी र सीमा स्तम्भहरूको सुरक्षाका लागि गस्तीमा जाने सुरक्षाकर्मीहरुले ज्यानको जोखिम उठाएर अप्ठ्यारो भीरबाट यात्रा गर्नु पर्ने बाध्यता हटेको छ । 

बाटो नहुँदा हप्ताको एक पटक हिल्साबाट किट क्षेत्रमा रहेका सीमा स्तम्भहरूको निरीक्षण गर्न गस्ती जाँदा सुरक्षाकर्मीलाई भीरको बाटोमा ज्यानको जोखिम उठाएर जानु पर्ने बाध्यता रहेको  थियो । अहिले कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम अन्तरगत हुम्ला प्रदेश क्षेत्र नं. ख का सांसद जीवनबहादुर शाहीको आर्थिक सहयोगमा हिल्सा देखि किटसम्म २ किलोमिटर सडक निर्माण भए पछि सो बाध्यता हटेको हो । 

चीनको सिमानामा रहेका सीमा स्तम्भको अवस्थाको निरीक्षण र अनुगमनका लागि काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सांसद शाही नेतृत्वको टोली लिमि हुँदै असोजमा हिल्सा पुगेको थियो । किटमा रहेका सीमा स्तम्भ निरीक्षण गर्न जाने यो भिरको बाटो बाहेक अन्य विकल्प नभएको कारण नेता शाही सहित सुरक्षाकर्मी उक्त भीरको बाटोमा आङै जिरिङ्ग गर्ने गरी चारै हात खुट्टा टेकेर हिँड्नु परेको थियो । उक्त बाटो हिँड्दा केही गरी भीरमा चिप्ले सिदै कर्णाली नदीमा पर्ने निश्चित भएकाले समयमै सडक निर्माण नभए दुर्घटना हुने सम्भावना रहेको भन्दै तुरुन्तै किट सम्मको २ किलोमिटर सडक निर्माण गर्न हिल्साका स्थानीयलाई सांसद शाहीले निर्देशन दिएका हुन ।

हिल्साबाट किट क्षेत्रतर्फ नेपाली भूभागमा दुई किलो मिटर सडक निर्माण भएपछि यस क्षेत्रमा नेपाल र चीनको सिमानामा पर्ने सात वटा सीमा स्तम्भहरूको निरीक्षण र गस्ती गर्न नेपाली सुरक्षकर्मिलाई सहज भएको सडक निर्माण समितिका सदस्य सोनाम छिरिङ लामाले बताए । 

सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको निरीक्षण गर्न चिनियाँ सुरक्षाकर्मीी चिल्ला गाडीमा आउने र हाम्रा सुरक्षाकर्मी भीरको बाटोमा आङै जिरिङ्ग गर्ने गरी चारै हात खुट्टा टेकेर जानु पर्ने बाध्यता देखे पछि सीमा स्तम्भको निरीक्षण र अनुगमनका लागि गत असोजमा हिल्सा पुगेका सांसद शाहीले पछि श्रोत व्यवस्था गर्ने गरी हिल्सा देखि किटसम्म २ किलोमिटर सडक निर्माण गर्न निर्देशन दिएका थिए । सोही अनुसार कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम अन्तरगत सो सडक निर्माणका लागि  रु ५० लाख रकम विनियोजित गरिएको थियो ।

हप्ताको एक पटक हिल्साबाट किट क्षेत्रमा रहेका सीमा स्तम्भहरूको निरीक्षण गर्न गस्ती जाँदा सुरक्षाकर्मीलाई भीरको बाटोमा ज्यानको जोखिम उठाएर जानु पर्ने बाध्यता रहेको र गस्ती गएको सुरक्षाकर्मीको टोली सीमा सुरक्षा पोस्टको कार्यालयमा नफर्किँदा सम्म कति खेर कहाँ के पो हुने हो भन्ने चिन्ता लागि रहन्थ्यो । अहिले सडक नृमानसँगै भीरको बाटोमा ज्यानको जोखिम उठाएर जानु पर्ने बाध्यता हटेको र हामीलाई आवत जात गर्न  सहज भएको सीमा सुरक्षा पोस्ट (बिओपी) हिल्साका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ