arrow

बुद्धको देशना

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ जेठ १३ बिहिबार
gautam-buddha1.jpg

एक पटक बुद्ध बोधि वृक्ष रहेको जङ्गलमा पुग्नुभएको थियो । त्यस रात उहाँले त्यहीँ बिताउनु भयो । भोलिपल्ट नै रञ्जना नदीको छेउमा केही समय बिताएपछि  स्वास्तिलाई भेट गर्नुभयो । उनी भैँसीलाई घाँस काट्दै रहेछन् । उहाँले पनि केही घाँस काटिदिनुभयो । 

त्यसपछि उहाँ भोजनको लागि गाउँमा घुम्न जानुभयो । उहाँलाई गाउँवासीहरूले स्वागत गरे किनभने उहाँ त्यहाँ पहिले नै पुगी सक्नुभएको थियो । त्यहाँ बुद्धको दर्शन पाएर सबै खुसी भए । उहाँसँग वार्तालाप गर्न लागे । कसै कसैले उहाँलाई नजिकै आध्यात्मिक समुदायका व्यक्तिहरू आएर  यज्ञ गरिरहेको कुरा पनि बताए ।

बुद्ध त्यही जानुभयो । त्यहाँ उनलाई त्यस यज्ञका आचार्यत्व ग्रहण गरेका कश्यपले भेट गरे  । त्यहाँका व्यक्तिहरू मुण्डित थिएनन् । उनीहरू रुखका बोक्रा लगाउने र घाँसहरूले बनेका कुटीमा बस्दथे । उनीहरूलाई गाउँले हरूले खानपिन आदिले मद्दत गर्दथे । पशु पनि उनीहरूले पालेका थिए, यज्ञमा प्रयोग गर्न भनेर । 
     
बुद्धले आचार्य कश्यपको एउटा भक्तलाई भेट गर्नुभयो । उसले कश्यपको विद्वत्ता आदिका बारेमा बुद्धलाई बतायो । कश्यप पनि उमेर ढल्केका थिए तर फुर्तिला पनि थिए । ती चेलाले बुद्धलाई कश्यपको अगाडि लिएर गए । कश्यपले बुद्धसँग बातचित गर्न थाले । बुद्धको विद्वत्ता, शालीनता आदिबाट उनी प्रभावित भए ।

बुद्धले बताउनुभएको वेद, शास्त्र आदिको अथाह ज्ञानले गर्दा कश्यप आश्चर्य चकित भए । बुद्धले उनी सँगै खाना खानु भयो । प्रसङ्ग चल्दा चल्दै बुद्धले उनलाई अग्निमा हवन गरेर कसरी मोक्ष प्राप्त होला भनेर प्रश्न गर्दा उनी अलमलमा परे । उनले बुद्धलाई अग्नि नै जीवन हो, अग्नि नै सबैलाई आवश्यक छ आदि कुराहरू बताउँदै गए ।  अनि बुद्धले उनलाई जो व्यक्ति जललाई नै सारतत्व मान्दछन्, जल नै सबै हो भन्ने भावना राख्दछन्, त्यस्ता प्रति तपाईँको के धारणा छ भनेर प्रश्न गर्दा उनी फेरी अलमलमा परे र भने ।

उनले जल तलतिर (अधोगामी) बग्ने अग्नि मात्र माथि (उध्र्वगामी) हो,उठ्ने हो, किनभने हामी मरेपछि पनि अग्निले नै हाम्रो शरीरलाई जलाएर माथितिर लैजान्छ आदि भन्दै तर्क गरी रहे । 

बुद्धले उनलाई देशना दिँदै भन्नुभयो , सबै बस्तु ब्रम्हको सार तत्त्व हो, सबै त्यसकै अंश हुन् र त्यसैमा विलीन हुन्छन् । यदि यी बस्तुहरू मध्ये एक मात्र नहुने हो भने जगतको सत्ता केमा निर्भर हुने?, त्यसैले तपाईँ यस विषय प्रति पनि विवेकपूर्वक मनन गर्नुहोस् । (बुद्ध साहित्यमा आधारित) 

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ