arrow

निःशुल्क उपचार आम्दाको कार्यमा वस्तुगत समितिको आर्थिक सहयोग

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ १६ आइतबार
butwal-fncci.jpg

रुपन्देही। दोस्रो चरणको भेरियन्टले दिनहुँ जसो मानिसहरूको मृत्युवरण भइरहेका वेला सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलले निःशुल्क उपचार कार्य गर्दै आएको छ। उपचारमा कुनै वर्ग विशेषलाई मात्रै भनेर निःशुल्क उपचार चलाइएको भने छैन।

विशेष गरी दैनिक ज्याला मजदुरी गरेर खाने विपन्नहरूको लागि स्वास्थ्य उपचार कार्यमा राहत होस् भन्ने उद्देश्यले निःशुल्क उपचार कार्य सञ्चालन गरिएको सो अस्पताल स्रोतले जनाएको छ। संस्थागत रूपमा सञ्चालन हुँदै आएको उक्त अस्पताल वाल तथा महिलाहरूको लागि विशेष मानिन्छ।

भेरियन्टबाट बाँच्नका लागि गरिएको निषेधाज्ञाले आम नागरिक यती वेला निकै समस्यामा पर्दै आएका छन्। गरिखाने उद्योग लगायत क्षेत्र बन्द हुन पुगेपछि नागरिक स्वास्थ्य उपचारको अझ चपेटामा परेका छन्। यसै, सन्दर्भलाई जोड्दै बुटवल उद्योग वाणिज्य सङ्घ अन्तर्गत वस्तुगत कस्मेटिक एवं गिफ्ट समितिले आम्दा अस्पताले सञ्चालन गर्दै आएको निःशुल्क उपचारका लागि केही रकम सहयोग गरेको छ।

हाल १० वटा जनरल वार्ड र १० वटा एचडिईउ वार्ड रहेको आम्दामा कोभिड१९ वाट सङ्क्रमण रहेका नागरिकहरूको उपचारमा सहजता ल्याउन आइसियु वार्ड सञ्चालन गर्नका लागि १ लाख २५ हजार १ रुपैयाँ बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुलाई वस्तुगत समितिका अध्यक्ष अलिम दिनले आइतबार हस्तान्तरण गरेका छन्।

सहयोग प्रदान गर्दै, अध्यक्ष अलिमले भने, आम्दामा सञ्चालन भएको निःशुल्क उपचार कार्यका लागि हाम्रो थोरै सहयोगले आइसियु कक्ष सञ्चालनमा टेवा पुगोस्। हामी चाहान्छौं, निःशुल्क उपचार विशेष गरी गरिबी परिवारको सहयोगी बनोस्।

यस्तै, सहयोग प्रदान गर्दै, सङ्घका अध्यक्ष कसजुले, वस्तुगत समितिले दिएको आर्थिक सहयोग आम्दा अस्पताललाई आईसियिु कक्ष निर्माणका लागि हस्तान्तरण गर्ने जनाउँदै, निजी क्षेत्रको एउटा संस्थाले मानव स्वास्थ्य उपचारको लागि भन्दै सहयोग जुटाउनु मानवीयताको धर्म निभाएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ