arrow

हिमाली जिल्ला हुम्लामा संक्रमणबाट पहिलो मृत्यु

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ जेठ २० बिहिबार
humla-1620220975.jpg

हुम्ला । कोरोना संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५५ वर्षका पुरुषको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

गएको साता लक्षणसहितको संक्रमण पुष्टि भएका टोप्ले कामीको सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न संभव नभएपछि थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले बताए । 

योसँगै हुम्लामा पहिलो पटक एकजना संक्।मितको मृत्यु भएको छ । संक्रमित कामीको अक्सीजनको लेवल ४० भन्दा तल थियो गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सीजन दिने अवस्था नभएका कारण उनको ज्यान गएको हो ।

सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गराइरहेको कामीलाई जिल्ला अस्पतल ल्याउने क्रममा दुल्ली कुनाको खुँगाडामा ज्यान गएको हुम्ला प्रहरी प्रमुख डिएसपी हेरम्भ शर्माले बताए ।

लमो समयदेखि दमरोग लागेको कामीलाई थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याउन लागिएको पालले बताए । हेलिकोप्टरको लागि धेरै प्रयास भयो पालले भने तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कमम्पनीले आउन नमान्ने र कामीको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल ल्याउन लागिएको थियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ