arrow

काँग्रेस नेता खतिवडा स्वास्थ्य सामाग्री बोकेर पुगे ओखलढुङ्गा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
ramhari-khatiwada-health-kit.jpg

ओखलढुङ्गा । नेपाली काँग्रेस नेता रामहरि खतिवडा स्वास्थ्य सामाग्रीहरू बोकेर ओखलढुङ्गा पुगेका छन् । नेता खतिवडा कोभिड १९ को दोस्रो रोकथामको निमित्त ९५ हजार सर्किजल मास्क, २००० के एन ९५ मास्क, ४५० लिटर स्यानिटाइजर, १५ थान पिपिई सेट र १५०० थान हात धुने साबुन स्वास्थ्य सामाग्रीहरू बोकेर ओखलढुङ्गा पुगेका हुन् । उनले अफ्ठेरो पर्दा आफूले सक्ने जे गर्न पनि तयार रहेको बताएका छन् ।

७ लाख बराबरको स्वास्थ्य सामग्रीहरू ल्याइएको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए । ल्याइएको सम्पूर्ण स्वास्थ्य सामाग्रीहरू ७५ वटै वडाहरूमा १ हजार सर्किजल मास्क र ५ लिटरको दरले स्यानिटाइजर प्रत्येकले पाउने गरी र के एन ९५ मास्क, बाँकी सर्किजल मास्क र हाट धुने साबुनहरू स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरूलाई दिने गरी जिल्ला प्रशासन कार्यालयमा जिम्मा लगाइएको छ । 
 
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै खतिवडाले सम्पूर्ण ओखलढुङ्गाका जनताहरू आमा बुबा समान भएकोले आफूले सक्ने आफ्नो कर्तव्य पालना गरेको बताए । खतिवडाले भने 'यस्तो अफ्ठेरो बेला सबैले घरमै आए हुन्थ्यो भन्ने थियो र मलाई पनि सके-सम्म पुग्ने रहर थियो तर यो वेला समय परिस्थिति प्रतिकुल छ लकडाउनको बेला म लुखुर- लुखुरा कुद्न पनि नमिल्ने त्यसैले मन भरी सबैसँग भेट्ने रहरहरू हुँदा हुँदै पनि नसकेकोले दुखित तुल्याएको थियो ।' 

कोभिडको विकराल परिस्थितिमा ओखलढुङामा स्वास्थ्य सामाग्री दिएर हौसला दिएकोमा वडा ६ का अध्यक्षले धन्यवाद दिएका थिए ।
 



नयाँ