- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनगढी । दुर्लभ वन्यजन्तुको चोरी सिकारी र तस्करीको गिरोहमा संलग्न एक व्यक्तिलाई रेड पान्डाको छाला सहित कैलालीको गोदावरी स्थित एक सामुदायिक वनबाट मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बित्थड चिर गाउँपालिका ५ देउलेखका २३ वर्षीय अमर धामी रहेका छन् । उनी बाट प्रहरीको टोलीले एक थान रेड पान्डाको छाला बरामद गरेको हो ।
उनलाई मङ्गलवार बिहान सवा १० बजे कैलालीको गोदावरी नगरपालिका ५ स्थित गेटा सामुदायिक वनबाट रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएको सङ्घीय प्रहरी इकाई कार्यालय धनगढी हाल महेन्द्रनगरका डिएसपी लक्ष्मण शाहीले बताए ।
कैलालीको अत्तरिया र आसपासको क्षेत्रबाट दुर्लभ हिमाली वन्यजन्तुको चोरी सिकारी र छाला लगायतका अन्य अङ्गहरूको तस्करी गर्ने गिरोह सक्रिय बनेको गोप्य सूचनाका आधारमा परिचालित सङ्घीय प्रहरी इकाई कार्यालय धनगढी हाल महेन्द्रनगरको प्रहरी टोलीले उनलाई छाला सहित नियन्त्रणमा लिइएको डिएसपी शाहीले बताए ।
रेड पान्डाको छाला सहित नियन्त्रणमा लिइएका धामीको थप अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए ।