arrow

पाकिस्तान, टर्की र इरानको क्षेत्रीय महत्वाकांक्षा र प्रभावहरू

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ २७ बिहिबार
pakistan-iran-turkey-road-link.jpg
फाइल तस्बिर

तेहरान। आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्यले चीन र इरानबीच रणनीतिक सम्झौता भएको छ। चीन र इरानबीच भएको २५ वर्षीय रणनीतिक सम्झौताले दुई देशबीच आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्य रहेको छ। यो द्विपक्षीय सम्झौता भनिए पनि यसले बृहत् क्षेत्रमा प्रभाव पार्ने विश्लेषण गरिएको छ।

यो रणनीतिक साझेदारीको मुख्य उदेश्य इरानको अन्तराष्ट्रिय आर्थिक क्षेत्रमा अमेरिकी प्रतिबन्धको प्रतिरोध गर्नु रहेको बिश्लेषण गरिएको छ। त्यस्तै, चीन पाकिस्तान आर्थिक परियोजना (सीपीइसी) लाई इरान र टर्कीसम्म बिस्तार गर्नु अर्को महत्वपूर्ण उदेश्य रहेको छ। क्षेत्रीय भू-राजनीतिक महत्वकांक्षाले पनि यस्ता रणनीतिक साझेदारी कायम भएका हुन्।

यसैबीच, पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली होसेनीले राम्रो भबिष्यका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीन जस्ता मुलुक एक हुने सम्भावना रहेको बताएका छन्।

यसअघि पनि इरान, पाकिस्तान, टर्की जस्ता मुलुकको क्षेत्रीय साझेदारी रहँदै आएको इतिहास छ। मध्यपूर्वमा सोभियत संघको प्रभाव बिरुद्ध सन् १९३४ मा टर्की, इरान, इराक, अफगानिस्तानबीच सम्झौता भएको थियो। त्यस्तै, क्षेत्रीय चासोको बिषयमा साझेदारीका लागि सन् १९५५ मा पाकिस्तान, इरान, इराक, टर्की र बेलायत बीच बग्दाद सम्झौता भएको थियो। यी मुलुकहरुको पछिल्लो साझेदारी र सम्झौताहरु पनि क्षेत्रीय चासो र भूराजनीतिक महत्वले प्रायोजित कदम रहेको बिश्लेषण भएको एसिया टाईम्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ