arrow

ओली पक्षले कारवाही गरेका कर्णालीका चार सांसदको पद जोगियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
karnali-prade.jpg

काठमाडौं । केपी ओली पक्षले प्रदेश सांसदबाट कारवाही गरेका कर्णाली प्रदेश सभाका चार सांसदको पद सर्वोच्च अदालतले जोगाइदिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेबाट कारवाही भोगरेका कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीको पद जोगाइदिएको हो ।

सर्वोच्चले ती प्रदेश सदस्यलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । उनीहरु एमाले नेता माधव नेपाल पक्षका हुन् ।

एमालेको ओली समूहले कर्णाली प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीका पक्षमा ‘फ्लोर क्रस’ गरी मत दिएको भन्दै आफ्ना सासदलाई कारवाही गरेको थियो ।

उनीहरुकै मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । त्यसबखत शाहीले २२ मत पाएका थिए भने विपक्षमा १५ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ