arrow

निषेधाज्ञा उल्लंघन गरेर सडक तताउने गण्डकी कांग्रेसको चेतावनी

logo
हरि पन्त, 
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
nepali-congress-flag-tree.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले राजनीतिक प्रतिशोध साँधेर प्रहरीले नेता गणेश लामालाई पक्राउ गरेको आरोप लगाएका छन् । सभापति केसीले लामालाई विना शर्त तत्काल रिहाइ नगरिए शुक्रबारदेखि कांग्रेसले पोखरामा निषेधाज्ञा उल्लंघन गरेर कम्युनिष्ट सरकारको ज्यादति विरुद्ध सडक तताउने चेतावनी दिए ।

सभापति केसीले भने, ‘राजनीतिक प्रतिशोधन राखेर कांग्रेसका नेता कार्यकतालाई दुःख दिने एमालेका पुच्छरहरूलाई छोड्ने छैनौं । सत्ताको दावेदारी गर्नेहरूको दिन गन्ती शुरु भएको छ ।’

उनले भने,  ‘एमालेको गण्डकी प्रदेशको सरकार विश्वासको मत पाउन नसकेर ढलेपछि सत्ताको दुरुपयोग गरेर कांग्रेससँग राजनीतिक प्रतिशोध साँध्न नेता गणेश लामालाई प्रहरी प्रशासनले पक्राउ गरेको छ । यसको मूल्य चुकाउनु पर्छ ।’

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याललाई एमालेका नेता एवं नवनियुक्त गृहमन्त्री खगराज अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दवावमा कांग्रेस नेता लामालाई पक्राउ गरेको कांग्रेसले आरोप लगाएको छ ।

‘एमालेको भक्तिभाव र निर्देशन मानेर कांग्रेसका नेता कार्यकर्तालाई दुःख दिने कास्कीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र बैदाम प्रहरीका प्रमुख डीएसपी, गण्डकी प्रदेशका प्रहरी प्रमुखको हिसाब किताब राखेका छौँ । कांग्रेसले उचित समयमा उचित दण्ड दिनेछ ।’

बिहीबार अपरान्ह ४ बजे पोखराको लेकसाइडबाट कांग्रेस नेता लामासहित नेताहरू चन्द्र लामा र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । यस विषयमा प्रहरीले खासै केही बताएको छैन । 

लकडाउनका बेला पोखरा किन आएको हो भनेर सोधपुछ गर्न लामासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना बैदाम प्रहरीको हिरासतमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ