arrow

कर्णालीमा परीक्षण सबैभन्दा कम, सङ्क्रमण दर सबै भन्दा उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
karnali-province-corona-covid.jpg

काठमाडौँ। कर्णाली प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण दर सातै प्रदेशमध्ये उच्च देखिएको छ। यद्यपि, परीक्षण भने सातै प्रदेश भन्दा कम रहेको छ।

चार साताको तथ्याङ्क हेर्दा कर्णालीमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च नै रहेको देखिन्छ भने परीक्षण पनि कम नै भइरहेको छ।

यो साता अर्थात् जेठ २१ देखि जेठ २७ गतेसम्मको तथ्याङ्क हेर्दा कर्णालीमा २ हजार २ सय ५९ जनाको परीक्षण गरिएको छ। यी मध्ये १ हजार १ सय ८६ जामा सङ्क्रमण पुष्टि भएको छ। 
यो भनेको परीक्षण गरिएकामध्ये ५४.९३ प्रतिशतमा सङ्क्रमण देखिनु हो।

गत साता जेठ १४ देखि जेठ २० गतेसम्म कर्णालीमा २ हजार ६ सय ९ जनाको सङ्क्रमण परीक्षण गरिएको थियो। तीमध्ये ९ सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको छ। जुन परीक्षणको ३७.२५ प्रतिशत हो।

त्यसअघिको साता अर्थात् जेठ ७ देखि जेठ १३ गतेसम्ममा कर्णालीमा ३ हजार ३ सय ७५ जनाको सङ्क्रमण परीक्षण गरिएको थियो । तीमध्ये २ हजार १६ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
यो कुल परीक्षणको झन्डै ६० प्रतिशत (५९.७३) प्रतिशत हो।

चार साता अघि अर्थात् वैशाख ३१ देखि जेठ ६ गतेसम्म कर्णालीमा ५ हजार ४ सय ५१ जनाको सङ्क्रमण परीक्षण गरिएको थियो। तीमध्ये २ हजार ७ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। जुन कुल परीक्षणको ५०.२८ प्रतिशत हो।

कर्णाली प्रदेशमा सातै प्रदेश भन्दा कम नमुना परीक्षण भएको छ। चार साताको विवरण हेर्दा कर्णाली मात्रै त्यस्तै प्रदेश हो जहाँ सङ्क्रमण दर ६० प्रतिशतसम्म पुगेको छ । तर, पनि परीक्षणको मात्रा भने बढ्न सकेको देखिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ