arrow

गणेश लामासहित तीन जना जरिवाना तिरेर रिहा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
Ganesh-lama.jpg

पोखरा । बिहीबार दिउसो पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आज दिउसो २ः४५ बजे रिहा गरेको हो । 

कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई नै रिहा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए । 

डिएसपी हमालका अनुसार पक्राउ परेका लामासहित तीनै जना जनही दुई हजार रुपैयाँ जरीवाना बुझाएर रिहा भएका हुन् । 

यसअघि विनाशर्त रिहा हुने भनिएपनि प्रजिअ गौतमले अन्तिममा सामान्य जरीवाना रकम मागेको बताइएको छ । 

कशुर लागिसकेपछि त्यत्तिकै छाड्न नहुने भएकाले जरीवाना प्रजिअले जरीवाना तोकेको बताइन्छ ।

प्रहरीले लामासहित तीन जनालाई लकडाउन उल्लंघन गर्दै पोखरा आएको आरोपमा बिहीबार लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ