arrow

बहुमत छ, नपुगे सत्ता छाड्छु : मुख्यमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
shankar-pokharel.jpg

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । उनले बहुमत नपुगे सरकार छाड्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले राजनीतिक रुपमा आफूसँग प्रष्ट बहुमत रहेको र बहुमत गुम्यो भने आफूले एक मिनेट पनि सत्ताको नेतृत्व नलिने बताएका हुन् ।

‘म अंक गणितमा विश्वास गर्छु, राजनीतिकरुपमा मसँग बहुमत छ, बहुमत गुम्यो भने स्वाभाविक रुपमा एक मिनेट पनि सत्तामा रहनु हुँदैन भन्ने लाग्छ मलाई ।’ लुम्बिनीका मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा धारणा राख्दै भने ।

प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै उनको राजीनामा माग्दै आइरहेका छन् । तर उनले भने जसपाबाट कारवाही भोेगेका तर सर्वोच्चले पद जोगाइदिएका प्रदेश सभा सदस्यलाईसमेत आफ्नै पक्षमा रहेको दाबी गर्दै बहुमत रहेको भन्दै आइरहेका हुन् ।

गण्डकी प्रदेश सभामा ८३ सदस्य छन् । सो प्रदेशमा एमालेका ३८ सांसद छन् । गत १९ बैशाखमा पोखरेल नेकपा एमालेसंँग एकल बहुमत रहेको दावी गर्दै संविधानको १६८ (१) अनुसार लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका थिए । हाल उनीमाथि विपक्षी गठवन्धनबाट विश्वासको मत लिन दबाब बढिरहेको छ । 

विपक्षी गठवन्धनले २६ बैशाखमा दोस्रोपटक मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिसकेका छन् ।



नयाँ