arrow

आफ्नै दाजुबाट १० बर्षीया बहिनी बलात्कृत

logo
जनकबहादुर शाही
प्रकाशित २०७८ जेठ २९ शनिबार
choree-balatkar.jpeg.jpeg

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षीया बालिका बलात्कृत भएकी छन । उनलाई बलात्कार गर्ने अरु कोही नभएर तिनै बालिकाका आफ्नै दाई थिए ।

एउटै कोखबाट जन्म लिएका नभए पनि १३ दिने खलकका दाईले बहिनीको अस्मितामा दाख लगाएका छन् । चंखेली गाउँपालिका २ दार्माको बालज्योती आधारभूत बिद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफुमाथी कुकित्र्य गरेको बालिकाले बताएको आफ्न्तको भनाई छ ।

आफ्नै १३ दिने खलककी बहिनीलाई  बलात्कार गरेका अन्दाजी १५ बर्षका किशोरले अहिले फरार छन उनी २६ गतेबाटै फरार भएको र अहिले उनको खोजीकार्य भई रहेको प्रहरीले बताएको छ ।

२६ गते घटना भएको भएपनि प्रहरीले २७ गते राती ९ बजे मात्र खबर भएको खबर पाउने बितिकै घटनास्थलमा प्रहरी पुगे पनि २६ गते नै बलत्कार गर्ने किशोर फरार भई सकेकाले अहिले प्रहरी निरीक्षक नेतृत्वमा फरार किशोरको तिब्र रुपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

बुधबार आफ्नै दाजुबाट बलात्कृत भएकी बालिका आमासहित तीन दिन पैदल हिडेर शनिबार जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिन पुगेकी छन । किशोरीलाई बलात्कार गर्ने माहादेब माध्यामिक बिद्यालय दार्मामा कक्षा ९ मा अध्ययनरत अन्दाजी १५ वर्षिय दाजु रहेका छन ।

बालिका बलात्कार गर्ने दाजुलाई प्रहरीले खोजिरहेको छ ।आफ्नै दाजुबाट पीडित बनेकी बालीकाको भविष्यप्रति चिन्ता बढेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ