arrow

फ्रेन्च ओपन जोकोभिचलाई, यस्तो छ फेडेरर र नडालसँग समीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
novac-djokovic.jpg

काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि सर्भियन टेनिस स्टार नोभाक जोकोभिचले जितेका छन् । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीक खेलाडी स्टेफानोस सिसेपसलाई हराउँदै जोकोभिच च्याम्पियन बन्न सफल भएका हुन् ।

उपाधि जित्ने क्रममा विश्व नम्बर एक जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७ (६–८), २–६, ६–३, ६–२ र ६–४ को सेटमा पराजित गरे ।

दोस्रो पटक फ्रेन्च ओपन जितेका ३४ वर्षे जोकोभिच सदावहार प्रतिद्धन्द्धी एवं कीर्तिमानधारी खेलाडीहरु स्वीस खेलाडी रोजर फेडेरर र स्पेनिश खेलाडी रफाइल नडालभन्दा एक ग्राण्डस्लाम पछाडि छन् । 

फेडेरर र नडालले समान २०–२० ग्राण्डस्लाम जित्दा जोकोभिचले १९ ग्राण्डस्लाम जितिसकेका छन् । 

सेमिफाइनलमा जोकोभिचले नडाललाई हराएका थिए । जोकोभिच यो उपाधिसँगै सन् १९६८ पछि सबै चार वटा मेजर ग्राण्डस्लाम कम्तीमा दुईवटा जित्ने पहिलो खेलाडी बन्न सफल भएका छन् । 

महिला फ्रेन्च ओपन बारबोरालाई
यस वर्षको महिलातर्फको फ्रेन्च ओपनको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन् ।

उनले शनिबार राति भएको फाइनलमा रसियन खेलाडी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गरेकी थिइन् । 

बिना वरीयताकी बारबोराले १३ औं वरीयताकी एनास्टासियालाई ६–१,२–६ र ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।

२५ वर्षिया बारबोराले पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ