arrow

जोकोभिच र अल्काराजबीच विम्बल्डन टेनिसको उपाधि भिडन्त, गत वर्षको पुनरावृत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
Novak Djokovic.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यस वर्षको विम्बल्डन टेनिसको उपाधिका लागि फेरि सर्वियन खेलाडी नोभाक जोकोभिच र स्पेनिश खेलाडी कार्लोस अल्काराजबीच हुने भएको छ । सेमिफाइनलमा ३७ वर्षे जोकोभिचले इटालियन खेलाडी लोरेन्जो मुसेट्टीलाई पराजित गरे । 

जोकोभिच ६–४, ७–६ र ६–४ को सोझो सेटमा विजयी भए । योसँगै जोकोभिचले फाइनलमा फेरि स्पेनिश खेलाडी कार्लोस अल्काराजको चुनौती सामना गर्नुपर्नेछ । 

गत वर्षको फाइनलमा पनि यी दुई खेलाडी भिडेका थिए । जहाँ अल्काराजले १–६, ७–६, ६–१, ३–६ र ६–४ ले हराएका थिए । 

यो विम्बल्डन टेनिस इतिहासकै सर्वाधिक लामो र ऐतिहासिक ४ घण्टा ४२ मिनेट चलेको थियो । 

अल्काराजले सेमिफाइनल खेलमा रसियन खेलाडी डानियल मेद्भेदेभलाई ६–७, ६–३, ६–४, ६–४ को सेटले पराजित गरेका थिए । 

पहिलो सेटमा हार बेहोरेका अल्काराजले त्यसपछिका तीन सेट लगातार जितेर फाइनलमा पुगेका थिए । 

उपाधि भिडन्त आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ