arrow

अस्ट्रेलियन ओपनको उपाधि इटालीका सिनरलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
jannik-sinner-tennis-AP.jpg

काठमाडौँ । विश्व नम्बर वरियतामा चौथो स्थानमा रहेका इटालीका जानिक सिनरले यस वर्षको अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

आइतबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न फाइनल खेलमा सिनरले रुसी खेलाडी डानियल मेडभेडेभलाई ३–२ को सेटमा पराजित गरेका हुन् । शुरुका २ सेट लगातार हार बेहोरेपछि सिनरले पछिल्ला ३ सेट लगातार जितेर उपाधि जितेका हुन् ।

२२ वर्षीय सिनरको यो करियरको पहिलो ग्राण्ड स्लाम उपाधि हो । उनले यसअघि सेमिफाइनलमा विश्वका नम्बर एक सर्भियन खेलाडी नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ