arrow

टेनिसका दुवै उपाधि कमल थापालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
kamal-thapa-81-12-30.jpg

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवै तर्फको टेनिस उपाधि जितेका छन् ।

 काठमाडौंको मण्डिखाटारमा आयोजित एमच्योर टेनिस टुर्नामेन्टमा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुवै उपाधि जित्न सफल भएका हुन् ।

फाइनल खेलमा सिङ्गल तर्फको फाइनलमा कर्मा घलेलाई ६–०,६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडीलाई ६–२, ६–३ को सेटमा जित निकालेका थिए । 

थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ