arrow

जोकिभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
djokovic-81-5-15.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच यूएस ओपनबाट बाहिरिएका छन् । नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४–६, ४–६, ६–२ र ४–६ को सेटमा पराजित भएसँगै यूएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन् ।

यस वर्ष भएको विम्बल्डन ओपनको तेस्रो राउण्डमा जोकोभिच र पोपिरिनबीचको खेल भएको थियो, जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए । तर यूएस ओपनमा पोपिरिनले जोकोभिचलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएर सो हारको बदला लिएका छन् ।

एटीपी वरियतामा दोस्रो स्थानमा रहेका जोकोभिचलाई २८औँ स्थानमा रहेका पोपिरिनले पराजित गरेका छन् । 

यस वर्ष रोलान्ड ग्रोस र विम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए । नोभाक यति छिट्टै यूएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ