arrow

खोपमा उल्झन : मन्त्रालय भन्छ- टुंगो छैन, राष्ट्रपतिका सल्लाहकार भन्छन्- कुटनीतिक पहलको जवाफ आयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
bidhyadevi.jpg

काठमाडौं । कोरोना भाइरसविरुद्ध एक मात्रै रामवाणका रुपमा देखिएको खोप भित्रिने सुरसार अझैं देखिएको छैन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाटै कुटनीतिक पहल हुँदा समेत नेपालले कुनै देशबाट खोप पाउने टुंगो अझैं लाग्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रशाद पौडेलले खोप भित्रिने विषयमा अहिले भन्न सकिने अवस्था नरहेको बताए ।

खोप भित्र्याउने 'वार्ताकमिटि छलफलमै रहेको देखिए पनि' अहिलेसम्म खोप आउने बिषयमा कुनै टुंगो नलागेको उनको भनाइ छ । जेहास्, भएसम्म 'चाँडो खोप आउने आसा गर्न सकिने' उनको भनाइ छ ।

उता खोपका लागि राष्ट्रपति विद्यादेवि भण्डारीबाट चालिएको कुटनीतिक पहलको जवाफ आएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालको भनाइ छ ।

'राष्ट्रपति भण्डारीले लेखेको पत्र एउटा कुटनीतिक उपकरण हो र कुटनीतिमा कुनै पनि कुराको परिणाम तत्कालै देखिदैन' उनले भने ।

खोप मात्रै नभए पनि एन्टीजेन परीक्षण किट लगायतका अन्य स्वास्थ्य सामग्रीको सहयोग राष्ट्रपतिले पत्र पठाएका मुलुकबाट भएको उनको भनाइ छ ।

'राष्ट्रपतिको पत्रले सम्बन्धीत देशमा रहेका दुतावासले सम्बन्धीत देशको परराष्ट्रमन्त्रालयसँग कुरा गर्न आधार बनाइदिएको' उनको भनाइ छ ।

सो अनुसार 'सम्बन्धीत देशका कुटनीति नियोगबाट आएको प्रारम्भिक जानकारी सकारात्मक रहेको' उनले बताए ।

राष्ट्रपति भण्डारीले विभिन्न मितिमा खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारत, अमेरिका, रुस, बेलायत र थाइल्याण्डलाई पत्र पठाएकी थिइन् । चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भने फोनवार्ता समेत गरेकी थिइन् ।

राष्ट्रपतिले भण्डारीले चिनियाँ समकक्षीसँग वार्ता गरेको  अर्कों दिन चिनियाँ विदेश विभागले नेपालका प्रमुख नेताहरुसँग सर्वदलिय बैठक गरेको थियो । 

त्यसको अर्कों  दिन चीनले नेपाललाई अनुदान स्वरुप १० लाख डोज खोप दिने घोषणा गरेको थियो । यद्यपि, विदेश विभागको बैठक र खोप आपुर्तिबीच कुनै सम्बन्ध नरहेको भन्दै टिकाटिप्पणी भने भएका थिए ।

राष्ट्रपतिले पत्र पठाउनु अघि पनि अन्य देशहरुबाट खोपबाहेकका स्वास्थ्य सामग्री भने सहयोग स्वरुप उपलब्ध भई नै रहेको थियो ।  

राष्ट्रपतिले पठाएको पत्रको प्रारम्भिक नतिजा सकारात्मक देखिएको बताउँदै पत्रको जवाफ आएन भन्नु गलत रहेको सञ्चारविज्ञ ढकालको भनाइ छ । खोप मात्रै उपलब्ध नभए पनि राष्ट्रपतिको कुटनीतिक पहल सफल देखिएकोतर्फ उनको संकेत छ । 

यद्यपि, अहिले देशमा लाखौ मानिसहरु कोभिसिल्डको दोस्रो डोज खोप लगाउन नपाएको अवस्थामा छन् । लाखौं मानिसले दोस्रो डोज नपाएका कारण र कोभिड१९विरुद्धको एक मात्रै ओखतिका रुपमा रहेका कारण पनि खोप नै अहिले प्राथमिकतामा रहेको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ