- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक जना भिक्षु शास्ता कहाँ (बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ मार्गदर्शक हो ।) कर्मस्थान ग्रहण गरी प्रत्यन्तमा गई एक गाउँको आश्रय लिई जङ्गलको निवास स्थानमा वर्षावास बसे। पहिलो महीनामै भिक्षाटनार्थ गइरहेको बेलामा उनको पर्णशालामा आगो लाग्यो। उनले बस्ने ठाउँ नभए कष्ट भएको कुरा उपस्थापकहरूलाई भने। उनीहरूले पर्णशाला त बनाइदिने हो तर जोत्दै र बीउ रोप्दै गरेको कुरा बताएर तीन महिना बिताइदिए।
यसरी वासस्थानको अनुकूलता नहुनाको कारणले उनले कर्मस्थान सफल पार्न सकेनन् । ध्यानको 'निमित्त' मात्र पनि पाउन सकेनन् । अनि वर्षावास पछि जेतवनमा गई शास्तालाई वन्दना गरी एक छेउमा बसे।
शास्ताले कुशलवार्ताको सिलसिलामा उनको कर्मस्थान सफल भयो कि भनी सोधे । उनले सुरुदेखि नै असफल भएको कुरा बताइ । अघि पशुहरूले पनि आफ्नो सफल र असफलको कुरा बुझी सफल भएको बेलामा बसी असफल भएको बेलामा बसेको ठाउँ नै छोडी अर्को ठाउँमा गएको शास्ताले सुनाए ।
आफ्नो सफलता र असफलतालाई जान्न नसकेको कुरा शास्ताले उनलाई बताउँदा उनले पूर्व जन्मको कुरा जान्न खोजे । शास्ताले अतीतका कुरा बताए ।
अतीत समयमा वाराणशीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा बोधिसत्त्व पक्षी योनिमा जन्मिएका थिए । ठुलो भएपछि सौभाग्यशाली एवं पक्षीहरूको राजा भई एक जङ्गलको एक प्राकृतिक तलाउको किनारमा शाखा सम्पन्न धेरै पात भएको विशाल रूखको आश्रय लिई सपरिवार वास बस्न थाले ।
पानी माथि फैलिएको त्यस रुखको शाखामा बसेका धेरै पंक्षीगणहरूले पानीमा निष्ठापात गर्थे। त्यस प्राकृतिक तलाउमा एक चण्ड नागराज बस्थे । यो देखेर नागराजले सोचे तो पंक्षीगणहरूले आफ्नो निवास स्थान त्यस प्राकृतिक तलाउमा निष्ठापात गर्ने गरेकोले पानीबाट आगो निकाली रूखमा आगो लगाएर उनीहरूलाई धपाउनुपर्यो।
यो निश्चित गरी क्रोधित उनले रातको समयमा सबै पंक्षीगणहरू एकत्रित भई रूखका हाँगाहरूमा सुतिरहेको बेलामा सर्वप्रथम चूलोमा तताएको पानी जस्तै गरी पानी तताई दोस्रो पटक धुवा निकाली तेस्रो पटक ताल वृक्ष जत्रै ज्वाला निकाले। पानीबाट ज्वाला निस्किरहेको देखेर बोधिसत्त्वले पक्षीहरूलाई सम्बोधन गर्दै भने- आगोको ज्वाला पानीद्वारा निभाइन्छ परन्तु यहाँ पानीबाट नै ज्वाला निस्किरहेछ, अतः त्यहाँ बस्न सकिने छैन, अर्को ठाउँमा जानुपर्यो।
उनले भने "जहाँ निर्भय थियो त्यहाँबाट भय उत्पन्न हुँदै छ । पानीको बिचमा आगो बल्दै छ । अब पृथ्वीबाट उम्रेको वृक्षमा बस्न सकिन्न, अर्के दिशातिर लागौँ। जहाँ शरण लिएका थियौँ त्यहीँबाट भय उत्पन्न हुँदै छ ।" यति भनी आफ्नो कुरा मान्ने पक्षीहरू लिई बोधिसत्त्व अर्कै ठाउँमा गए। बोधिसत्त्वको कुरा नमानी उहीँ बस्ने पक्षीहरूको ज्यान गयो।
शास्ताले यो धर्म देशना ल्याउनु भई सत्य कुरा प्रकाश पारी जातक समाधान गरे । सत्य कुराको अवसानमा सो भिक्षु अरहत्वमा प्रतिष्ठित भए। आनन्दभूमिबाट