arrow

हुम्लामा केही खुकुलो गर्दै निषेधाज्ञा एक हप्ता लम्बियो

logo
जनकबहादुर शाही,
प्रकाशित २०७८ असार २ बुधबार
humla-1620220975.jpg

हुम्ला। कोरोना रोकथाम र नियन्त्रणका लागि हिमाली  जिल्ला हुम्लामा वैशाख २१ गते जारी गरिएको निषेधाज्ञा पाँचौँ पटक ७ दिनका लागि थपिएको छ । कोरोनाको सम्भावित जोखिम कम गर्न वैशाख २१ गतेबाट एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा जिल्लामा  पछिल्लो वस्तुस्थिति बुझेर आज (बुधवार) बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले ७ दिनका लागि निषेधाज्ञा केही खुकुलो पारेर जिल्ला प्रशासन कार्यालय हुम्लाले एक आदेश जारी गर्दै असार २ गते राती १२ बजेबाट असार १० गते राती १२ बजेसम्म लम्ब्याइएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

नयाँ भेरियन्ट सहितको कोभिड -१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको सिफारिस समेतका आधारमा यस भन्दा अगाडि जारी गरिएको निषेधाज्ञा भन्दा केही खुकुलो हुने गरी मिति २०७८ साल असार १० गते राती १२ बजेसम्मका लागि जिल्लामा एक हप्ता निषेधाज्ञा लम्ब्याइएको उनले बताए । 

आज जारी गरिएको आदेशमा निषेधाज्ञा केही खुकुलो पारेको र जिल्लामा निषेधाज्ञा जारी भएको अवधि भर मानिसको आउजाउमा केही सहज हुने र निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, सूचना तथा सञ्चार, खानेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल जस्ता अत्यावश्यक सेवाहरूका साथै स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्याँस आदि) का पसल बिहान ७ बजेदेखि दिउसो १० बजेसम्म मात्र सञ्चालन गर्ने अवधि २ घण्टा बढाएर  पसलहरू दिउसो १२ बजे सम्म खुला गर्ने र केही खुकुलो पारि जारी गरिएको निषेधाज्ञामा बिरामी र सुरक्षाकर्मी बोकेका सवारी साधन, खाद्यान्न बोकेका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

त्यसैसरि अनुमति लिएर निर्माण सामग्री बोकेका सवारी साधन पनि सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । यस अघि २५ प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन गरेका जिल्लामा स्थापित सरकारी तथा सार्वजनिक कार्यालयहरू ५० प्रतिशत कर्मचारीको व्यवस्था गरेर सञ्चालन गरिने र बैङ्कहरू बिहान १० बजेदेखि दिउँसो दुई बजेसम्म सञ्चालन गर्दै आएका बैङ्क तथा वित्तीय संस्था दिन भरि खुला गर्ने जारी  निषेधाज्ञामा उल्लेख गरिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी भएपछि हवाई मार्गबाट खाद्यान्न, कार्गो, दैनिक उपभोग्य समानहरू र विकास निर्माणका सामानहरू ढुवानी गरे पनि यो अवधिमा हवाई यातायातबाट यात्रुहरु भने आउन पाउने छैनन् । भने जिल्ला बाहिरबाट आउने मासु जन्य बस्तु अर्को व्यवस्था नहुँदा सम्मका लागि जिल्ला भित्र्याउन पुणर्रुपमा बन्देज गरिएको छ । भने   नेपालगन्ज, सुर्खेतबाट ढुवानी गरे  ल्याएका खाद्यान्न, कार्गो, विकास निर्माणका सामानहरू तथा दैनिक उपभोग्य समानहरू ३ दिन सम्म विमानस्थलमा राख्नु  पर्ने प्रारब्ध आजबाट हटाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ