arrow

ध्वस्त हुँदै नेपाली स्याटेलाइट, के पाठ सिकायो स्याट-१ ले ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
CubeSats-Developed-by-Japan-Nepal-and-Sri-Lanka-Crop-777x437.jpg

काठमाडौं । बर्डस्–३ प्रोजेक्ट अन्तर्गत अन्तरिक्षमा पठाइएको पहिलो नेपाली भु-उपग्रह (स्याटेलाइट) आफ्नो जिवनको अन्तिमतिर आइपुगेको छ । सन् २०१९ को अप्रिल १८ मा स्याट-१  लाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको थियो ।

अप्रिल १९ मा स्याट-१  अन्तरिक्ष केन्द्रमा पुगेको थियो भने जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्याट–१सँगै श्रीलंकाको राभाना–१ र जापानाको इगुसु स्याटेलाइटलाई अन्तरिक्षमा छोडिएको थियो ।

स्याट-१  ले ६ महिनादेखि बढीमा २/३ बर्षसम्म काम गर्न सक्ने बताइएको थियो । सन् २०२१ को जुन १७ अर्थात बिहिबार (हिजो) स्याट-१ ले अन्तरिक्षमा २ बर्ष पूरा गरेको छ ।

अब, स्याट-१  अन्तरिक्षबाट बिस्तारै पृथ्वीतिर खस्ने क्रममा रहेको छ । पृथ्वीतिर खस्ने क्रममा अबकाे केही समयपछि पृथ्वीको वायुमण्डलमा आइपुगेर घर्षणका कारण स्याट-१ जलेर ध्वस्त हुनेछ ।

के स्याट-१  सफल भयो ?

स्या१ निकै नै सानो आकारको (न्यानो) भुउपग्रह हो । यसले पृथ्वीमा अर्थात नास्टमा रहेको ग्राउण्ड स्टेसनबाट दिएको सुचनाका आधारमा मौसम, तापक्रम जस्ता कुराहरुको सुचना दिने किसिमका तस्बिरहरु यो स्याटेलाइट खिच्न सकिने बताइएको थियो ।

नास्ट (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान)का वैज्ञानिक तथा प्रवक्ता डा. सुरेश कुमार ढुंगेलले स्यात १ योजना पूर्णरुपमा सफल भएको बताए ।

नास्ट स्थित ग्राउण्डस्टेसनबाट सुचना दिएको आधारमा स्याटेलाइटले तस्बिर खिचेर पठाएको उनले बताए । 

स्याट-१  ले के सिकायो ?

नेपाली झण्डासहितकाे स्याटेलाइट अन्तरिक्षमा पुग्नु सबै नेपालीका लागि गर्वकाे कुरा हाे ।

स्याट-१  योजनाले अन्तरिक्ष अन्वेषणको दौडमा नेपालीहरु पनि सहजै भाग लिन सक्ने विश्वास बढाएको नास्टका प्रविधि संकायका प्रमुख रवीन्द्र ढकालको भनाइ छ ।

नेपालीले आफ्नै नेतृत्वमा समेत अत्याधुनिक स्याटेलाइटको निमार्ण गरेर अन्तरिक्षमा पठाउन सक्छन् भन्ने वाठ स्या १ योजनाले सिकाएको उनले बताए ।

यसका साथै जापानको अन्तरिक्ष अन्वेषण केन्द्र र अमेरिकाको अन्तरिक्ष अन्वेषण केन्द्र नासासम्म समेत नेपालले अन्तरिक्ष क्षेत्रको बिषयमा सञ्चार गर्न पाउनु अर्काे खुसीको कुरा रहेको उनको भनाइ छ ।

यसका साथै नेपालले अन्तरिक्ष अन्वेषण खासगरी स्याटेलाइट निमार्ण, आवश्यक पूर्वाधार, जनशक्ति र टेक्निकल समस्याहरु समाधान गर्न सक्ने आधार समेत स्यात १ ले बनाइदिएको छ ।

यसका साथै नेपाली नयाँ पुस्ता, विद्यर्थाी र विज्ञमा तथा प्रविधि क्षेत्रमा संलग्न भएकाहरुलाई अन्तरिक्ष अन्वेषण्का क्षेत्रमा प्रोत्साहन गर्न समेत स्याट-१  योजनाले सहयोग पुर्याएको प्रमुख ढकालले बताए ।

अब को नयाँ योजना के  ?

नास्टले अब विभिन्न विद्यालयहरुमा स्याटेलाइट निमार्ण सम्बन्धी शिक्षा अथवा तालिमजन्य कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारी विद्यालयहरुकै विद्यार्थीहरुले पनि स्याटेलाइटको निमार्ण गर्न सक्छन्  र उनीहरु अन्तरिक्ष अन्वेषण सम्बन्धीका क्षेत्रमा पोख्त बनाउने किसिमका कार्यक्रमहरु विद्यालयस्तरमा सञ्चालन गर्ने नास्टको भनाइ छ ।

यस्तै अब, नेपालले जापान सोसाइटी फर प्रमोसन अफ साइन्सको सहयोगमा किटसुने योजना अन्तर्गत अन्तरिक्षमा छाडिने भएका केही स्याटेलाइटको पहुँच पाउने भएको छ ।

ती स्याटेलाइटलाई नेपाल स्थित ग्राउण्ड स्टेसनबाट कमाण्ड दिएर नास्टले तस्बिरहरु संकलन नर्ग सक्ने छ ।



नयाँ