arrow

भीरबाट खसेको ढुंगाले लागेर सेनाको मृत्यु

उपमेयरसहित सदरमुकामका दर्जन बढी परिवार जोखिममा

logo
दयाराम पण्डित 
प्रकाशित २०७८ असार ६ आइतबार
upamayar-bajura.jpg

बाजुरा । जगन्नाथ गाउँपालिकाको वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको मृत्यु भएको छ ।

कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना बर्ष ३८ कादिलबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृतक भण्डारी हिमाली गाउँपालिका वडा न ४ बाजुराकै रहेका बुझिन आएको प्रहरीले जनाएको छ । आइतबार विहान खबर प्राप्त भएपछि उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ । 

यसैबीच अबिरल वर्षका कारण शनिबार राति बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख कबिता विष्टको घरलगायत चैडिल  भुवखाडाको पुरै वस्ती जोखिममा परेको हो । शनिबार राति आएको पानीका कारण घरमाथि बाट पहिरो खस्दा भलमाटो घरभित्र पसेको छ ।

बस्ती जोखिममा आइतवार विहानै  नेपाली सेना, नेपालप्रहरी, शसस्त्र प्रहरीवलले लगायत स्थानीय वासिन्दा उप–मेयर विष्टको उद्धार गरेका हुन् ।  उपमेयर विष्टको घर भग्नावेश भएपछि आइतवार विहानै त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा सारिएको छ ।

गएरातिको पहिरोले बाल मन्दिर बिद्यायालयको नवनिर्मित भवन, साना किसान सहकारीको नवनिर्मित भवन, बिरबहादुर थापा, मथुराराज पण्डित, संगिता सिंह, मानवहादुर थापा, धनवहादुर रावल, प्रेमरमज पाध्यायलगायतका सदरमुकाम भित्रकै दर्जनौं घरपरिवार जोखिममा छन् । त्यसैगरी पहिरोवाट त्रिबेणी सानाज लविद्युतको नहर पनि पुरिएको छ ।

बडिमालिका नगरपािलका वडा नं. ७ का नरल्वारको घर पनि पहिरोमा परेको छ । सदरमुकाम मार्तडी नयाँ बस पार्क भत्किदा प्रकाश थापाको घर पुरिएको छ । साँफे-मार्तडी सडक खण्डको अम्कोटदेखि द्धारीसम्म पहिरोले  थप क्षेद्बिच्छेद भएको छ । दुुई हप्तायता सदरमुकाम मार्तडीको यातायात ठप्प छन्  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ