arrow

पोखराको सेती नदीमा बगेकी बालिकाको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
pachhim-seti.jpg

पोखरा । पोखराको सेती नदीमा बगेकी याम्दीकी एक बालिकाको सकुशल उद्धार गरिएको छ । आठ वर्षकी अस्मिता मगरलाई आइतवार दिउसो नुहाउने क्रममा सेतीले बगाएको थियो ।

उनको हाल पोखराको जिरो किमीस्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बगरका प्रहरी नायव निरीक्षक जसबहादुर बिक नेतृत्वको प्रहरी टोली अस्मिताको उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ