arrow

बुद्धभूमीको नीति : सोलर प्लान्ट उत्पादनदेखि अस्पताल स्थापनासम्म 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ असार ६ आइतबार
buddhabhumi-nagarpalika.JPG

कपिलवस्तु । जिल्लाको बुद्धभूमी नगरपालिकाको आर्थिक वर्ष २०७८।८९ को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ । आइतबार गोरुसिगेमा आयोजित नवौँ नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ । 

नगरपालिकाले आगामी आर्थिक वर्षमा नगर स्तरीय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उपचारको लागि नगरपालिका भित्र सुविधा सम्पन्न  सरकारी तथा निजी अस्पताल नभएको कारण नगर भित्र पालिका स्तरीय अस्पताल निर्माण गर्ने कार्यक्रम तय गरेको छ । 

त्यस्तै विभिन्न निकाय सम्म सहकार्य  गरी  १ मेगावाट सम्मको सोलार प्लान्ट उत्पादन समेत गर्ने योजना पारित गरेको छ ।  सभामा नीति पेश गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा प्रत्येक वडा वाट विपन्न तथा पछाडि पारिएका छात्राहरूलाई उच्च शिक्षाको लागि ३ वर्ष सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको बताए ।

  नगर प्रमुख र उप प्रमुखले मा वि तहमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि करियर काउन्सेलिग कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । त्यस्तै स्नातक अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई ४० प्रतिशत ल्यापटप खरिदको लागि अनुदान दिने व्यवस्था पनि मिलाएको छ । 

उता नगरपालिका सुविधा सम्पन्न तथा सूचना  मैत्री वडा कार्यालय, कृषिमा पकेट विकास कार्यक्रम जस्ता योजना समेत समावेश गरिएको छ ।  त्यस्तै समयमै काम सम्पन्न गर्ने वडालाई थप १० लाखको योजना समेत दिने योजना रहेको छ ।

 विपद् व्यवस्थापनको लागि वडा स्तरीय विपद् कर्नर समेत स्थापना र व्यवस्था र सञ्चालन गर्ने भएको छ ।  सभामा बोल्दै नगर प्रमुख श्रेष्ठले बनाइएका नीति अनुसार कार्य सम्पन्न र कार्यान्वयनमा सबै कर्मचारी , जनप्रतिनिधि तथा समुदायलाई आग्रह समेत गरेका छन् । 

सो अवसरमा नगर उप प्रमुख मिरा थारुले पेश गरेको बुद्धभूमीका विनियोजित ऐन २०७८,आर्थिक ऐन २०७८ र नगरपालिकाको दररेट समेत पारित भएको छ । साथै सभामा वार्षिक रूपमा सम्पन्न योजनाहरूको बारेमा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले प्रतिवेदन पेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ