arrow

जावलाखेलका राजेन्द्र केसी अमेरिकामा भएको चित्रकला प्रतियोगितामा प्रथम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
rajendrakc.jpg

काठमाडौं । करिव डेढ दशक देखि डिसी महानगर क्षेत्रमा जम्दै आएका नेपाली मूलका कलाकार/चित्रकार राजेन्द्र केसीले बनाएका चित्रकलाले प्रथम स्थान हासिल गरेको छ ।

उनले अमेरिकाको मेरिल्याण्ड राज्यको एलिकट सिटी नामक शहरमा आयोजना भएको चित्रकला प्रतियोगितामा पहिलो स्थान हासिल गरेका हुन् ।

उक्त प्रतियोगितामा सहभागी हुने केसी नेपाली मूलका एक मात्र कलाकार हुन् । उनले जुरिड आर्टिस्टको रुपमा उक्त प्रतियोगिता सहभागी हुँदा उनले ४० जना अमेरिका भरिका कलाकारलाई पछि पार्दै पहिलो स्थान भएका हुन् ।

उक्त प्रतियोगितामा अमेरिका भरिका थुप्रै कलाकारहरुले सहभागी हुन् पाउछन तर निर्णायक समितिले ४० जनालाई मात्र छनौट गर्दछ । ती ४० जना मध्ये उत्कृष्ट मध्ये चित्रकार केसी प्रथम भएका हुन् ।

उनले उक्त प्रतियोगितामा प्रथम भए पछि सामाजिक संजाल मार्फत उनले यो मेरो जीवन/यात्राको धेरै शीर्ष चुनौती हो भनि खुशी व्यक्त गरेका छन् ।

उनले उक्त प्रतियोगितामा दुई वटा चित्रकला बनाएका थिए भने उक्त चित्रकला तुरुन्तै बिक्रि भएको छ । उक्त प्रतियोगिता मेरिल्याण्ड राज्यको ऐतिहासिक शहर एलिकोटमा जुन १०–१३ सम्म चलेको थियो । गत जुन १८ शुक्रबारका दिन जुम (परोक्ष) माध्यमबाट कलाकार राजेन्द्र केसीलाई पुरस्कार प्रदानको घोषणा गरेको थियो ।  यो बिजयी संगै फेरी मेरील्याण्डमा हुने अर्को प्रतियोगितामा केसी सहभागी हुने भएका छन् ।

डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाई रहने गर्दछन् । काठमाडौं जावलाखेल घर भई झन्डै १४ वर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा आफू भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउँदा उकुस मुकुस भएको बताएका थिए ।

उनले अमेरिकाका स्थानीय विदेशी कलाकारहरूसँग हातेमालो गरे पछि आफू पनि विदेशीसंगै अगाडी बढ्न मार्ग खोलेका थिए ।

सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेसामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् । उनि चित्रकलामा २८ बर्ष देखि संलग्न छन् भने अमेरिकामा राम वनवास गए झैँ १४ बर्ष देखि स्थापित कलाकर भएका छन् ।

उनि अहिले चित्रकला सम्बन्धि आफैं पढाउँछन । उनिसंग पढ्न आउने विधार्थीहरु व्यवसायिक र निकै निपूर्ण रहेका कलाकार पनि सिकी रहेका छन् । दृश्य चित्र बनाउन माहिर केसी आफ्ना शिष्यहरुलाई चित्रकला बनाउन बाहिर लगेर दृश्य हेरेर बनाउन लग्छन  ।-जिएनएन 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ