arrow

कोरोना महामारी: गण्डकीमा चार जनाको मृत्यु, २ सय १६ जना सङ्क्रमित थपिए

logo
हरि पन्त,
प्रकाशित २०७८ असार ९ बुधबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट कास्कीमा तीन जनासहित गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीन जना पुरुष र एक जना महिला छन् ।

कास्कीमा मृत्यु हुने तीन जना नै पुरुष हुन् । मृत्यु हुनेमा पोखरा १७ का ५७ वर्षका पुरुष रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

यस्तै, पोखरा ५ का ७५ वर्षका एक पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ का ८९ वर्षका पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । 

यसैगरी स्याङ्जा चापाकोट ३ की ८७ वर्षकी एक महिलाको पोखरास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको छ । 

योसहित कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या कास्कीमा ३८६ जना र गण्डकी प्रदेशमा ९०४ पुगेको शर्माले जानकारी दिए । 

गण्डकीमा २१६ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये १०२ जना महिला र ११४ जना पुरुष छन् । आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ६० जना छन् । 

यस्तै, म्याग्दीमा ९ जना, पर्वतमा ५० जना, लमजुङमा २१ जना, तनहुँमा १७ जना, बागलुङमा १७ जना, स्याङ्जामा १६ र नवलपरासी पूर्वमा ३९ जना सङ्क्रमित थपिएको संयोजक शर्माले जानकारी दिए ।  

योसहित गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ५३ हजार ३८६ जना पुगेको छ । गण्डकीमा आज ३४६ जना कोरोना सङ्क्रमित निको भएका छन् । गण्डकीमा हाल ३१ सय ११ जना सक्रिय सङ्क्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ