arrow

राष्ट्रपति र प्रधानमन्त्रीका कारण लोकतन्त्र धरापमा, मुलुक संकटमा : सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
ser-badhur-baneswor.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण लोकतन्त्र धरापमा परेको बताएका छन् ।

विपक्षी गठबन्धनले आव्हान गरेको सम्पादकहरुसँगको छलफलका क्रममा सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक र लोकतन्त्र दुवै संकटमा परेको बताएका हुन् ।

आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार भएको बताए ।

देउवाले संविधान, लोकतन्त्रको रक्षाका लागि नागरिक समाज, बुद्धिजीवि वर्गको सहकार्य आवश्यक्ता रहेको पनि उनले औंल्याए ।

सो अवसरमा देउवाले विभिन्न कालखण्डमा निरंकुश शासन व्यवस्थाका विरुद्ध तथा लोकतन्त्रको पुनःस्थापनाका लागि नेपाली जनताको आन्दोलनमा राज्यको चौथो अंगको रुपमा स्थापित नेपाली सञ्चार जगतले महत्वपूर्ण योगदान गरेको स्मरण गरे ।

प्रधानमन्त्रीले सिर्जना गरेको चुनौती पार गर्न आफूहरु संघर्षमा रहेको उल्लेख गर्दै देउवाले भने, निरंकुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं भन्ने आह्वानमा सबैको साथ आवश्यक छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ