arrow

पोखराको बजेट ६ अर्ब २७ करोड, भौतिक पूर्वाधारमा ४६ प्रतिशत बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
pokhara-metro.jpg

पोखरा । गण्डकी प्रदेशको मुख्य राजधानी समेत रहेको पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७८ का लागि अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । 

बिहीबार नगर सभामार्फत सार्वजनिक गरिएको बजेटमध्ये करिब ४५ प्रतिशत बजेट पूर्वाधारका लागि छुट्याको छ । पूर्वाधारका लागि दुई अर्ब ८६ करोड ९० लाख बजेट प्रस्ताव गरिएको छ । यस्तै, महानगरद्वारा शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रलाई पनि प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । 

बजेटमा केन्द्रगत रूपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अर्थात् १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार अर्थात् दुई प्रतिशत, शिक्षातर्फ एक अर्ब ४२ करोड ८७ लाख ३५ हजार विनियोजन गरेको छ । 

यस्तै, २२.७ पाँच प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात् २.३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६.४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६.६ प्रतिशत विनियोजन गरेको छ । 

बजेटको स्रोत व्यवस्थापन सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण, प्रदेश सरकार वित्तीय हस्तान्तरण, आन्तरिक स्रोत परिचालन र राजस्व बाँडफाँड लगायतका स्रोतमार्फत कार्यान्वयन गरिने जनाएको छ । 

बजेटको स्रोत व्यवस्थापनका लागि महानगरले सङ्घीय सरकार वित्तीय हस्तान्तरणबाट दुई अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट नौ करोड २८ लाख अर्थात् १.५ प्रतिशत, सङ्घीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात् पाँच प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख ७६ हजार अर्थात् एक प्रतिशत, आन्तरिक आयबाट दुई अर्ब २२ करोड अर्थात् ३५ प्रतिशत व्यहोरिने महानगरले जनाएको छ । 

यसो गर्दा अझ बजेट स्रोत व्यवस्थापनमा एक अर्ब तीन करोड ७५ लाख ९२ हजार न्यून देखिने जनाएको महानगरले न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालू आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने जनाएको छ ।

कुल ६ अर्ब २७ करोड बजेट विनियोजनको प्रस्ताव गरेको महानगरले चालूतर्फ रु दुई अर्ब ९० करोड ९४ लाख अर्थात् ४६.४ प्रतिशत र पुँजीगत खर्चतर्फ रु.तीन अर्ब ३६ करोड ८० लाख अर्थात् ५३.६ प्रतिशत छुट्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ