arrow

चर्चीत गायिका ब्रिटनी स्पियेर्श किन छिन् चर्चामा, के हो मुद्दा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
Britney-Spear.jpg

काठमाडौं । चर्चीत अमेरिकी गायिका ब्रिटनी स्पियेर्श यतिबेला विश्वभरका सञ्चारमाध्यममा छाएकी छन् । उनले आफ्नो संरक्षकत्वकाे बिषयमा लस एन्जलस अदालतमा बयान दिएसँगै अहिले उनी चर्चामा आएकी हुन् ।

ब्रिटनी स्पियेर्श सन् २००८ देखि उनका पीताको संरक्षकत्वमा रहेकी छन् । अर्थात ब्रिटनी स्पियेर्शको जिवनका व्याक्तिगत, आर्थिक, समाजिक र अन्य सबै बिषयहरूको निर्णय उनका पीताले गर्छन् ।

आफ्ना सामान्य व्यवस्थित गर्न नसक्ने, असक्षम वा अर्धसक्षम मानिसहरुका लागि कानुनी रुपमा नै मान्छे अथवा टिम खटाएर यसरी अभिवाकत्व वा संरक्षकत्वमा गर्न सकिने प्रावधान छ ।

सन् २००८ मा ब्रिटनी स्पियेर्शको मानसिक समस्याको चिन्ता बढेपछि उनलाई कानुनी रूपमा उनकै पीताको संरक्षक्तवमा राखिएको थियो ।

विगत १३ बर्षदेखि यसरी संरक्षकत्वमा रहेकी गायिका ब्रिटनी स्पियेर्शले अब, आफु यसबाट मुक्त हुन चाहेको भन्दै अदालतमा बयान दिएकी हुन् ।

खासमा उनले संरक्षकत्वको अवधिमा निकै नै यातना, दबाब झेल्नु परेको र आफुले आफ्नो जिवन नै गुमाएको बताएकी छन्।

आफ्ना इच्छा र आकांक्षालाई मार्दै आफुलाई नियन्त्रण गरिएको उनको भनाइ छ । आफ्नो प्रेमिकालाई समेत भेट्न नदिइएको र आफ्नो इच्छा अनुरुप कुनै पनि काम गर्न नपाएको उनले बताएकी छन् ।

वास्तवीक संरक्षकत्व भन्दा आफुले यातना बढी झेलीरेकाे भन्दै उनले यसबाटमुक्ती चाहेकाे बताएकी हुन् ।

यसबाहेक आफुले बिहेर गरेर बच्चा जन्माउन चाहेको समेत उनले बताएकी छन् । अहिले उनकाे शरिरमा बच्चा जन्माउन नमिल्ने डिभाइस राखिएकाे छ ।

उनका पीताले भने छोरीका लागि सधैं भलो चाहेको बताएका छन् । बुधबार ब्रिटनी स्पियेर्शले अदालतमा बयान दिएकी थिइन् । यसपछि अब, उनले संरक्षकत्वमुक्त हुन चाहेको भन्दै औपचारिक निवेदन पेशगरेपछि यसको सुनुवाई हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ