arrow

राष्ट्रपति भण्डारीले हदभन्दा बढी गरेकाले अदालत गएका हौं : सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
sher-bahadur-deuba-congesss-nc.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाउ भनेर राष्ट्रपतिलाई आदेश दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेर राष्ट्रपतिले मर्यादा भुलेको बताए । शनिबार बानेश्वरमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले हदभन्दा बढी गरेको आरोप समेत लगाए ।

राष्ट्रपतिले आफूलाई नियुक्त नगरेपछि बाध्य भएर सर्वोच्चमा गएको उल्लेख गर्दै देउवाले राष्ट्रपति असंवैधानिक बाटोमा लागेको आरोप लगाए । उनले भने, ‘राष्ट्रपतिलाई शंका लागेमा सांसदहरुलाई बोलाएर सनाखत गर्नुपर्ने बाटो हुँदाहुँदै गलत कदम चालेकाले हामी अदालत जान बाध्य बनेका हौं ।’

संविधानको अन्तिम व्याख्याता अदालत भएकाले अदालतले संविधान अनुसार न्याय दिने उनले विश्वास ब्यक्त गरे । अर्को प्रसंगमा उनले आफूलाई ओलीसँग मिल्यो भनेर गलत आरोप लगाएकोमा दुखेसो गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ