arrow

विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका आठ जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
musroom.jpg.jpeg

पोखरा । विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका आठ जना बिरामी परेका छन् । पोखरा ३३ पुँडीका गोठे पुनका परिवारले च्याउ खाँदा बिरामी परेका हुन् । 

उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घर नजिकैको धारा पानी सामुदायिक जङ्गलबाट च्याउ ल्याए खाँदा उनीहरू बिरामी परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

च्याउ खाँदा बिरामी पर्नेमा ४५ वर्षका गोठे पुन, ४० वर्षकी लीला पुन, १३ वर्षका पूर्ण पुन, १० वर्षकी विनीता पुन छन् । यसै गरी ८ वर्षकी अस्मिता पुन, ६ वर्षकी माया पुन, ५५ वर्षका भीमबहादुर पुन, ५२ वर्षकी गौमाया पुन पनि च्याउ खाँदा बिरामी परेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ