arrow

कास्कीमा असार २५ गतेसम्म लकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
pokhara-2.jpg

पोखरा । कास्कीमा लकडाउन थपिएको छ । लकडाउन आगामी असार २५ गतेसम्म पुर्‍याइएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गए पनि थप जोखिम कम गर्न लकडाउन थप गरिएको जनाएको छ । 

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा भएको बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडा पसल, फेन्सी, हार्डवेयर जस्ता पसल ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने दिने निर्णय गरेको हो ।

लकडाउनको आदेशमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने उल्लेख छ ।

यस्तै, डिपार्टमेन्ट स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने बिहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

यस्तै, सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ ।

खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।

निजी सवारी साधनमा जोर, बिजोर प्रणाली यथावत् छ भने अब २५ सिटमाथिका सार्वजनिक सवारी साधन पनि जोर बिजोर प्रणालीमा चल्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ