arrow

पोखराको फुर्सेखोलाले बगाउँदा गुरुङको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
dead2.jpg

पोखरा । पोखराको फुस्रेखोलाले बगाएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका २६ वर्षीय युमबहादुर गुरुङ रहेका छन् । 

पोखरा १७ काउछेघारीस्थित फुस्रेखोलामा माछा मार्ने क्रममा उनलाई बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकका अनुसार मृतक गुरुङ स्याङ्जाको बिरुवा गाउँपालिका ७ डिही घर भई हाल पोखरा १७ हनुमान टोल बस्दै आएका थिए । उनलाई मङ्गलवार बिहान करिब १० बजे माछा मार्ने क्रममा फुस्रेखोलाले बगाएर बिच भागमा अड्काएको थियो ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखराबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर सार्कीको कमान्डमा खटिएको टोलीले मृतक गुरुङको शव बाहिर निकाले हो । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरमा पठाइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ