arrow

यस्तो बन्यो युरोकपको क्वार्टरफाइनल समीकरण, कसको भिडन्त कहिले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
Euro-2020-logo.jpg

काठमाडौं । युरोकप फुटबलको १६ औं संस्करणको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् । 

डिफेन्डिङ च्याम्पियन पोर्चुगल, रनर अप फ्रान्स, तीन पटकको च्याम्पियन जर्मनी र नेदरल्यान्ड्स भने राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

क्वार्टरफाइनलका खेलहरु शुक्रबार रातिबाट शुरु हुनेछन् । स्पेन र स्वीटजरल्याण्ड, इटाली र बेल्जियम, चेक गणतन्त्र र डेनमार्क तथा युक्रेन र इङ्गल्याण्ड खेल्नेछन् । 

यस्तो छ खेल तालिका–
शुक्रबार राति २१ः४५ बजे स्पेन र स्वीट्जरल्याण्ड तथा १२ः४५ बजे इटाली र बेल्जियम । 

शनिबार राति २१ः४५ बजे डेनमार्क र चेक गणतन्त्र तथा १२ः४५ बजे इङ्गल्याण्ड र युक्रेन । 

सेमिफाइनल खेलहरु ६ जुलाईदेखि शुरु हुनेछन् । पहिलो सेमिफाइनल ६ जुलाई राति १२ः४५ बजे र दोस्रो खेल ७ जुलाई राति १२ः४५ बजे हुनेछ । 

फाइनल खेल ११ जुलाई राति १२ः४५ बजे हुनेछ । ११ देशका ११ शहरमा २४ टोली सहभागी भएर जारी युरोकप शुरू भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ