arrow

कोरोना संक्रमणबाट पोखरामा तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
pokhara-valley-city.jpg

पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १२ की ६१ वर्षकी महिला रहेकी छन् । 

जेठ २१ गते संक्रमित भएकी उनको पोखरास्थित मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।

यता, पर्वतको मोदी गाउँपालिका वडा नं. ५ की ८३ वर्षकी महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

यसै गरी तनहुँ शुक्ल गण्डकी ६ का ४१ वर्षका कोरोना सङ्क्रमितको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको ।

योसहित गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४८ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा १८५ जना कोरोना संक्रमित निको भएका छन् ।

गण्डकीमा ४२६ संक्रमित 
गण्डकीमा पछिल्लो २४ घण्टामा ४२६ जना संक्रमित भेटिएका छन् । यीमध्ये सबैभन्दा धेरै तनहुँका ९४ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ