arrow

मधेसीसँग अपनत्व बढाउने सेनालाई मुख्यमन्त्रीले दिए धन्यवाद 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असार १७ बिहिबार
army-pradesh-2.JPG

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेशका जनताहरूले नेपाली सेनाप्रतिको अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनता सङ्ग अपनत्व बढाउने गरी कार्यहरू गर्न लागेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

महोत्तरीको बर्दिबास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा राम जानकी बाटिकाको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
 
कोभिड महामारी जस्तो विषम परिस्थितिमा प्रदेश जनताहरूको लागि नेपाली सेनाले प्रदेश सरकार सङ्गको समन्वयमा गरेको कार्यहरू प्रशंसनीय रहेको बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेना सङ्गको सहकार्यलाई सदैव निरन्तरता दिने प्रतिबद्धता गरे।

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गरे।

पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिबास  नगरपालिका  प्रमुख विदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरू , नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।

बाटिकामा मिथिला संस्कृतिका लगायत नेपालको साझा संस्कृति झल्काउने राम जानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा, राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशङ्कर हिमाल को प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतना पति कार्कीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ