arrow

कास्कीमा नयाँ रेकर्ड, सङ्क्रमितको मृत्यु शून्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
pokhara-2.jpg

पोखरा । कोरोना सङ्क्रमितको मृत्यु दरमा शुक्रवार कास्कीले रेकर्ड कायम गरेको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङ्कमा कास्कीमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको उल्लेख गरेको छ ।
 
कास्कीमा कोरोना सङ्क्रमितको मृत्यु नभएको नयाँ रेकर्ड हो ।  सो तथ्याङ्कमा तनहुँमा दुई जना बाहेक प्रदेशमा अन्य कुनै पनि सङ्क्रमितको मृत्यु नभएको उल्लेख छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ का ५० वर्षका र शुक्ल गण्डकी नगरपालिका वडा नं. ६ का ६८ वर्षका पुरुष रहेका छन् । 

उनीहरूको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चरक मेमोरियल अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । योसहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९५८ जना पुगेको छ । गण्डकीमा शुक्रवार ११६ जना संक्रमित निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ