arrow

सेभ द चिल्ड्रेनले प्रदेश २ सरकारलाई दियो स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
covid-2.jpg

जनकपुर । सेभ द चिल्ड्रेनद्वारा प्रदेश २ सरकारलाई कोभिड-१९को सङ्क्रमण न्यूनीकरण तथा उपचार गर्न सघाउने उद्देश्यले ७३ लाख ५८ हजार बराबरको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ । ती सामग्रीहरू प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत मार्फत प्रदेश २ स्थित प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको छ । 

हस्तान्तरण कार्यक्रममा मुख्य मन्त्रीका साथै सामाजिक विकास मन्त्री नबल किशोर शाह, समाज विकास मन्त्रालयका सचिव नारायण श्रेष्ठ, प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्ति साह तथा मुख्य न्यायधिवक्ता दीपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।

 हस्तान्तरण गरिएका सामग्रीहरूमा आइ भि स्ट्यान्ड सहितका आइसियु बेड, भाइरल ट्रान्स्पोर्ट मिडियम, सीप्याप, बिप्याप, अक्सिजन कन्सनट्रेटर लगायत कोभिड -१९ उपचारका लागी अन्य विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू रहेका छन् ।

 स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री नबल किशोर शाहले मास्कहरू समेत नहुँदा सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई सहयोग गरेको स्मरण गरे । 

सेभ द चिल्ड्रेन पूर्वाञ्चल फिल्ड कार्यालयका सह निर्देशक, डा. अजय कान्तले विशेष गरी बालबालिकालाई पर्न जाने मानसिक असर र उनीहरूको शिक्षामा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै सेभ द चिल्ड्रेन आउँदा दिनहरूमा स्थानीय, प्रादेशिक तथा सङ्घीय सरकारलाई सहयोग जारी राख्न प्रतिबद्ध रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ