arrow

कोरोना संक्रमणपछि अत्यावश्यक छन् यी आठ स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
corona-test-1620363320.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएर निको भएपछि स्वस्थ मानिसमै समेत अनेकौं स्वास्थ्य समस्या देखिन थालेका छन् । कतिले भने कोरोना भाइरसको संक्रमण निको भएपछि समेत ज्यान गुमाइरहेका छन् भने कतिलाई दिर्घ स्वास्थ्य समस्या समेत भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणका क्रममा सामान्य लक्षण देखिएका मानिसहरुले समेत मुटु, मृगौला, कलेजो, रक्त नलीलगायतका विभिन्न स्वास्थ्य परीक्षण गर्न जरुरी रहेको चिकित्सकहरुले बताएका छन् ।

संक्रमण निको भइसकेपछि विभिन्न आठ किसिमका स्वास्थ्य परीक्षण गर्नु अत्यावश्यक भएको सम्यक डाइग्नोस्टिकका कन्सलटेन्ट प्याथोलोजिस्ट डा.केयुर गौतम बताउछन् । पहिलो चरणको कोरोना महामारी शुरु भएदेखि नै सम्यक डाइग्नोस्टिकले कोभिड १९ संक्रमणपछिको स्वास्थ्य परीक्षणको सुविधा दिन थालेको थियो ।

सम्यक डाइग्नोस्टिकले अघि सारेको ‘पोस्ट कोभिड टेस्ट’बाट सयौं मानिसहरु जटिल किसिमको स्वास्थ्य समस्या आउनबाट जोगिन पाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका करिब ८० प्रतिशत मानिसहरुमा सामान्यदेखि मध्यम किसिमका लक्षणहरु देखिने गर्छन् । यस्ता लक्षण देखिएका मानिसहरु घरमै बसेर पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन्छन् । ज्वरो, अक्सिजन स्याचुरेसन लेवल बाहेक रगत जाँच गरेमात्रै पनि संक्रमणको जटिलताबारे थाहा पाउन सकिने डा.गौतम बताउँछन् ।

कोभिड १९ भएपछि किन जरुरी छ स्वास्थ्य परीक्षण ?

खासगरी कुनै पनि रोगको प्रारम्भिक शंका पुष्टि गर्न, रोग पुष्टि गरेर अवस्था निक्र्याैल गर्न, अस्पताल भर्ना गर्नुपर्ने अवस्थाबारे जानकारी पाउन र उपचारको पूर्व तयारी गर्नका लागि स्वास्थ्य परीक्षणले मद्दत गर्छ ।

उपचारले काम गर्छ या गर्दैन, उपचारबाट फाइदा हुनसक्छ या हुँदैन र अस्पताल भर्ना हुनेदेखि आईसीयुमै उपचार गर्नुपर्ने अवस्थाबारे थाहा पाउन स्वास्थ्य परीक्षण अत्यावश्यक रहने चिकित्सकहरु बताउँछन् ।

कस्ता संक्रमितले गर्ने स्वास्थ्य परीक्षण ?

कोरोना संक्रमणका क्रममा सामान्य लक्षण देखिए पनि मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी समस्या भएका, कलेजोको समस्या भएका, दम, क्यान्सर र मोटापना भएकाले भने स्वास्थ्य परीक्षण गर्न अत्यावश्यक छ ।

यस्तै १०ं४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएका, गहिरो खोकी, शरिर दुख्ने, माशंपेशी दुख्ने र श्वास प्रश्वासमा समस्या भएकाहरुले पनि स्वास्थ्य परीक्षण गर्न जरुरी छ ।

कुन-कुन स्वास्थ्य परीक्षण किन गर्ने ?
१. सीबीसी: संक्रमणको अवस्था कति छ भनेर थाहा पाउनका लागि सीबीसी अर्थात पूर्ण रगत गणनाको परीक्षण गर्न आवश्यक छ ।

२. ब्लड ग्लुकोज: कोरोना संक्रमणपछि मधुमेह नभएकाहरुमा मधुमेह हुने र भएकाहरुमा मधुमेह अनियन्त्रित हुने सम्भावना भएका कारण रगतमा ग्लूकोजको मात्रा जाँच गर्न आवश्यक छ ।

३. मृगौलाको कार्य अवस्था: कोरोना संक्रमणपछि २५ देखि ३० प्रतिशत मानिसमा मृगौला सम्बन्धी समस्या हुनसक्छ । 

४.कलेजोको कार्य अवस्था : कलेजोमा पाइने एएसटी र एएलटी इन्जाइमको मात्रा कोरोना भाइरसको संक्रमणपछि बढ्ने गर्छ । यस्तै विलीरुबिन पनि बढ्ने गर्छ भने, अल्बुमीनको मात्रा भने घट्ने हुन्छ । एकदुई सातापछि यी इन्जाइमहरुको मात्रा सामान्य अवस्थामा नै फर्किन्छ । तर एएसटी र एएलटी इन्जाइममा तलमाथि भएको पाइएमा अन्य जाँच गर्नुपर्छ ।

५. सीआरपी (सी रिक्टिभ प्रोटिन): सामान्यतया सीआरपीको मात्रा ० देखि ५ मिलिग्राम प्रतिलिटर हुनुपर्छ । तर, कोरोना संकमणपछि झण्डै ६० प्रतिशतमा यो बढ्ने गरेको पाइन्छ । प्रतिलिटर रगतमा ५ देखि २५ मिलिग्रामसम्म सीआरपी भएमा यसलाई सामान्य मानिन्छ र आफै निको हुन्छ । यद्यपि, २६ देखि १०० मिलिग्राम प्रतिलिटर भयो भने चिकित्सक कहाँ जानुपर्ने र औषधिको प्रयोग समेत गर्नुपर्ने हुन्छ । तर प्रतिलिटर रगतमा सीआरपीको मात्रा १०० मिलिग्राम भन्दा बढी भएमा मान्छे आईसीयुमै जानुपर्ने अवस्था आउँछ । त्यसकारण सीआरपी परीक्षण पनि अत्यावश्यक हुन्छ ।

६. ल्याक्टेट डिहाइड्रोजिनेज: पलमोनरी, फोक्सो सम्बन्धी समस्या भएको अवस्थामा ल्याक्टेट डिहाइड्रोजिनेज ४० प्रतिशतले बढेको पाइन्छ । यस्तो अवस्थमा श्वास प्रश्वास सम्बन्धी गम्भीर समस्या आएर आईसीयुमै राख्नुपर्ने अवस्था समेत आउन सक्छ ।

७. डी-डाइमर: डी-डाइमरको परीक्षणबाट रक्त नलीमा रगत जमे नजमेको थाहा हुन्छ । डी-डाइमरको मात्रा बढी भएको पाइएमा यसले स्वास्थ्यमा असर पार्नसक्छ ।

८. फेरीटिन: फेरिटिनको परीक्षणबाट अन्य संक्रमणको अवस्थाबारे थाहा पाउन सकिन्छ ।

यस्ता लक्षण भएकाले गर्न पर्दैन स्वास्थ्य परीक्षण

सामान्य ज्वरो, सुख्खा खोकी, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, ग्यास्ट्रिक र छालामा सामान्य चिलाउने भएमा स्वास्थ्य परीक्षण नगर्दा पनि हुने डा. गौतम बताउँछन् । कोरोना संक्रमणपछिको स्वास्थ्य चेकजाँच सुविधाका लागि सम्यक डाइग्नोस्टिकलाई सम्पर्क गर्न सकिने डा. गौतम बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ