arrow

कास्कीमा संक्रमित ह्वात्तै बढे, आइतबार पनि शून्य मृतक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
gandaki-province-corona.jpg

पोखरा । कास्कीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित बढेका छन् । शनिवार ५७ जना संक्रमित भेटिएको कास्कीमा आइतबार सो सङ्ख्यामा करिब तेब्बर बढेर १४९ जना भेटिए । 

कास्कीमा आइतबार पनि कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको छैन । कोरोना सङ्क्रमणबाट तीन दिनदेखि कास्कीका कुनै पनि नागरिकको मृत्यु नभएको तथ्याङ्कले उल्लेख गरेको छ । 

गण्डकीमा आइतबार तनहुँ र पर्वतका एक एक जना सङ्क्रमितको मृत्यु भएको छ । उनीहरू दुवैको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

गण्डकीमा आइतबार निको हुनेको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । शनिवार २७७ जना संक्रमित निको भएकोमा आइतबार वृद्धि भएर ४८० जना निको भए ।

यसैबिच कोरोना सङ्क्रमितको सङ्ख्या गण्डकीमा पनि वृद्धि भएको छ । शनिवार १७३ जना संक्रमित भेटिएको गण्डकीमा आइतबार बढेर ३६६ जना भेटिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ