arrow

अमेरिकामा अहिलेसम्मकै ठूलो र्‍यानसमवेयर आक्रमण : विश्वका हजारौं मानिस प्रभावित, ह्याकरले माग्यो ७ करोड डलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
cyber-crime.jpeg

काठमाडौं। अमेरिकी सुचना तथा प्रविधि (सफ्टवयर) कम्पनी कजियामा भएको र्‍यानसमवेयर आक्रमणका कारण विश्वभर विभिन्न मुलुकका हजारौं नागरिकहरु अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

यो आक्रमणका लागि जिम्मेवार ह्याकर समुह रिभिल (REvil Group) रसिया आधारित हुनसक्ने अनुमान गरिएको छ ।

सफ्टवयर कम्पनी कसियाका प्रमुख कार्यकारी अधिकृत फ्रेड वोकोलाले र्‍यानसमवेयर आक्रमणका कारण विश्वभर करिब १५ सय व्यवसायहरु प्रभावित भएको बताएका छन् । ती व्यवसायका हजाराैं ग्राहकहरू अप्रत्यक्ष रूपमा प्रभावित भएका हुन् ।

कजिया कम्पनीले 'आईटी प्रोडक्ट' निर्यात गर्ने अन्य साना-ठूला कम्पनीहरूलाई सफ्टवेयरजन्य उपकरणहरु प्रदान गर्ने गर्छ । यसरी कसियाले विश्वका थुप्रै साना ठूला कम्पनीहरुलाई 'ब्याक अफिस'को जस्तो सेवा प्रदान गर्ने गर्छ ।

कम्पनीले यसरी प्रदान गर्न सफ्टवेयरहरुमध्येको एक सफ्टवयरमा गत शुक्रबार ह्याकरहरुले पहुँच बनाएका हुन् । त्यसपछि विश्वभर सो सफ्टवेयरबाट सुविधा लिइरहेका थुप्रै साना-ठूला कम्पनीहरुलाई क्षति हुन पुग्यो ।

खासगरी स्वीडेन र न्युजिल्याण्डमा यसको ठूलो असर पर्याे । स्वीडेनका सुपरमार्केटले प्रयोग गर्ने सफ्टवयरमा 'क्यास रजिस्टर'ले काम नगरेपछि करिब ८ सय सुपरमार्केट बन्द हुन पुगे ।

यस्तै न्युजिल्याण्डमा विभिन्न विद्यालयले प्रयोग गर्ने सफट्वयरमा समस्या हुँदा दश भन्दा बढी विद्यालय प्रभावित हुन पुगे ।

ह्याकर समुहले जसले यसरी डेटा नियन्त्रण गर्दै सयौं व्यापार प्रभावित पारेको छ, उसले ७ करोड अमेरिकी डलर रकम क्रिप्टाेकरेन्सी बिटक्वैनमा तिर्न भन्दै फिरौती माग गरेका छन् । 

यद्यपि फिरौती तिर्ने बिषयमा कम्पनीले कुनै टिप्पणी गरेको छैन् । यो आक्रमण अहिलेसम्म रेकर्ड गरिएमध्येकै सबैभन्दा ठूलो र्‍यानसमवेयर आक्रमण भएको मानिएको छ ।

अमेरिकी राष्ट्रति जो बाइडेन प्रशासनले फेड्रल ब्युरो अफ इन्भेस्टिगेसनलाई यसबारे अनुसन्धान गर्न भनेको छ । अन्य कुनै राष्ट्रिय खतरा भए नभएको बिषयमा समेत ह्वाइट हाउसले चासो राखेको छ ।

पछिल्लो समय खासगरी अमेरिकामा र्‍यानसमवेयर आक्रमणका घटना बढ्दै गएका छन् । राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइबर आक्रमणका गतिविधि नियन्त्रण गर्न भन्दै चेतावनी दिँदै आएका छन् ।

के हो र्‍यानसमवेयर आक्रमण ?

र्‍यानसमवेयर एक किसिमको मालिसियस सफ्टवेयर या मालवयर हो । 

ह्याकरहरुले यसैको माध्यमबाट कुनै कम्प्युटर वा सफ्टवयर सिस्टममा प्रवेश गरेर त्यो कम्प्युटर वा सफ्टवयरमा भएको डेटा सार्वजनिक गर्ने, थाहा नहुने किसिमले डेटालाई कोडमा परिणत (ईन्क्रिप्शन)गर्ने अथवा त्यो सफट्वयर या कम्प्युटरमा पहुँच नै गर्न नसक्ने बनाइदिन्छन् ।

डेटालाई ह्याकरले नियन्त्रण गर्ने तरिकाका आधारमा र्‍यानसमवेयर आक्रमण विभिन्न प्रकारका हुन्छन् ।

यस्तो गरेपछि ह्याकरले डेटा फिर्ता पाउनका लागि भन्दै पैंसा वा अन्य केही कुराहरुको माग गर्छन् । 

कुन कुन माध्यमबाट कसरी हुन्छ र्‍यानसमवेयर आक्रमण ?

इन्टरनेट अथवा कम्प्युटर जन्य उपकरणहरुमा र्‍यानसमवेयर आक्रमण गर्न सकिने फाइलहरु रहेका हुन्छन् ।

ह्याकरहरुले कुनै वेबसाइटको पपअपमा, ईमेलमा, फेसबुकलगायतका समाजिक सञ्जालमा एवं डाउनलोड गरिने फाइलहरुमा र कुनै पेन्ड्राइभहरुमा र्‍यानसमवेयर गर्न सकिने फाइलहरु हुनसक्छन् । 

यस्ता फाइलहरु कम्प्युटर सिस्टम या सफट्वयरमा प्रवेश गरेपछि ह्याकरहरुले उक्त सिस्टम या सफ्टवयरलाई नियन्त्रण गर्नसक्छन् । 

कसरी जोगिने यस्ता आक्रमणबाट ?

र्‍यानसमवेयर आक्रमणबाट जोगिने कुनै पनि अनावश्यक र जानकारी नभएका फाइलहरुलाई डाउनलोड गर्न हुँदैन । 

यस्तै ईमेल या अन्य कुनै सामाजिक सञ्जाल अथवा इन्टरनेटका माध्यहरुमा आउने पपअपहरुमा क्लिक नगरेर जोगिनु पर्छ ।

यस्तै आफ्नो महत्वपूर्ण डेटाहरु ब्याकअपमा राखिराख्ने गर्नुपर्छ । त्यस्तै आफुले प्रयोग गर्ने सिस्टमहरुमा भएका समस्याहरु चेकजाँच गर्ने र कम्प्युटर सफ्टवयरहरु जस्तै एन्टीभाइरस, एन्टीमालवेयरलगायतलाई अपडेट गरिराख्नु पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ