arrow

‘सई साव, असई साव’ ग्रेड घटुवा :‘कोही हल्लिदै डिउटी आउँथे, कोही खेतालाबाट डिउटी लगाउँथे’

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
nepal police.png.png
कन्चनपुर । ‘कोही जाँड गन्हाउँदै, हल्लिदै डिउटीमा आउँथे । कोही खेतालाबाट डिउटी लगाउँथे । कोही कयौं समय बाहिर हराउँथे । प्रहरीको डिउटी र काम नबुझेर यस्तै गतिविधि गर्ने २५ जनालाई कारबाही गरेका छौं ।’ कञ्चनपुर प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) तुलसी अधिकारीले हाम्राकुरालाई सुनाए । उनले भने, ‘सई साव, असई सावसहित २५ जना कारबाहीमा परेका छन् ।’
 
एसपी अधिकारीका अनुसार पछिल्लो ६ महिनाको अवधिमा यस्ता विभिन्न त्रुटी गर्ने २५ जना मध्ये कसैलाई नसियत र कसैको ग्रेड रोक्का भएको छ । कारबाहीमा पर्नेमा एक प्रहरी नायब निरीक्षक सई, ३ प्रहरी सहायक निरीक्षक असई, ३ प्रहरी हवल्दार र १८ जना प्रहरी जवान् छन् । ती मध्ये निलम्बनमा भने कोही नपरेको एसपी अधिकारीले जानकारी दिए । 
 
कञ्चनपुर प्रहरीले यसअघि समेत कारबाही चलाउँदा ३५ जना कारबाहीमा परेका प्रहरी निरीक्षक (इन्सपेक्टर पदम थापाले बताएका छन् । उनका अनुसार २५ जना पछिल्लो रेकर्ड हो भने, ३५ जना आर्थिक वर्षकै रकर्ड हो । यस्तै, भारतीय प्रहरी हतियार सहित अछाम पुग्दा समेत केही प्रहरी कारबाहीमा परेका थिए । 
 
यसैबीच, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान व्युरोले प्रहरी कर्मचारीभित्र अनुसन्धान गरिरहेको छ । पछिल्लो समय नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाहरु समेत कारबाहीमा परेका छन् । 



लोकप्रिय समाचार
नयाँ